अनलाइनमा नाम दर्ता नगराएका व्यक्तिलाई खोप दिए कारबाही गर्ने चेतावनी

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
अनलाइनमा नाम दर्ता नगराएका व्यक्तिलाई खोप दिए कारबाही गर्ने चेतावनी

काठमाडौं ।

हालै भूटान र जापानबाट ल्याइएको अष्ट्राजेनिका खोप लगाउनका लागि सरकारले काठमाडौंमा १४४ केन्द्रहरु तोकेर खोप लगाउने कार्यक्रम गर्ने भएको छ।

तर सरकारले अनलाइनमार्फत खोपको लागि नाम दर्ता नगरेकाहरुलाई खोप नलगाउन उर्दी जारी गरेको र विद्युतीय दर्ता नभएकालाई खोप लगाएको खण्डमा कर्मचारीहरुलाई नै कारबाही गरिने चेतावनी दिएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई साउन २५ गते सोमबारदेखि दोस्रो मात्रा दिइने जानकारी दिएको हो । यसका लागि स्वास्थ्य कार्यालयले काठमाडौंमा १४४ खोप केन्द्र तोकेको हो ।

स्वास्थ्य मन्त्रालयलको अनलाइन प्रणालीमा विवरणहरु प्रवेश गराएकाहरुलाई मात्र खोप प्रदान गरिने र अन्यथा हुन गएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही हुने स्वास्थ्य कार्यालयले चेतावनी दिएको हो।

सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिन लागेको हो।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार