
काठमाडौं ।
गुगलले सिलिकन भ्यालीमा हार्डवयर सेन्टरसमेत रहने गरी एउटा नयाँ क्याम्पस स्थापना गर्ने भएको छ।
समाचार संस्था सीएनबीसीमा आएको रिपोर्ट अनुसार कम्पनीले उत्तरी सान जोसे, क्यालिफोर्नियामा ३८ करोड ९० लाख डलरमा जग्गा किन्न लागेको छ।
यसमा कम्पनीले एउटा अनुसन्धान तथा विकास केन्द्र खोल्ने प्रारम्भिक योजना बनाएको सीएनबीसीको रिपोर्टमा उल्लेख छ।
मिडप्वाइन्ट नाम दिइएको यो क्याम्पस गुगलको हालको माउन्टेन भ्यू हेडक्वार्टर तथा सान जोसेको मिक्स्ड यूज क्याम्पसको बीचमा रहनेछ।
मिडप्वाइन्टमा पैदल पुलले जोडिएका ५ ओटा कार्यालय भवनहरु हुनेछन् भने यिनिहरु तीनओटा औद्योगिक भवनको नजिकै रहनेछ। यी भवनहरु नेस्ट स्मार्ट होम प्रडक्टसहितको हार्डवयर विभागको मुख्यालय वा हब हुनेछ।
उक्त परियोजनाको दस्तावेजमा गुगलले मिडप्वाइन्टको परियोजना सन् २०१८ देखि नै थालेको बुझिने सीएनबीसीले जनाएको छ।
गुगलले यसबारेम तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तर धेरै ठाउँ हार्डवयरका लागि छुट्याइएको क्याम्पसले निश्चित महत्व बोकेको बुझ्न सकिन्छ।
प्रकाशित: २४ श्रावण २०७८, आईतवार