भारतीय न्यायाधीशले किन लेखे ब्याटलग्राउन्ड्स मोबाइल इन्डियाजस्ता गेममाथि प्रतिबन्ध लगाउन आग्रह गर्दै मोदीलाई चिठी?

  • Technology Khabar | २१ श्रावण २०७८, बिहीबार
भारतीय न्यायाधीशले किन लेखे ब्याटलग्राउन्ड्स मोबाइल इन्डियाजस्ता गेममाथि प्रतिबन्ध लगाउन आग्रह गर्दै मोदीलाई चिठी?

काठमाडौं ।

भारतका एक न्यायाधीशले ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया तथा फ्री फायरजस्ता गेमहरुमाथि भारतमा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन्।

ती न्यायाधीशले पत्रमा चीनमा जस्तै भारतमा पनि सरकारले गेमहरुमाथि कडा नियम लागू गर्नुपर्ने सुझाव पनि दिएका छन्।

नरेशकुमार लाका नामक ती न्यायाधीशले लेखेका छन्, ‘बालबालिकाको विकासमा प्रतिकूल प्रभाव पारिरहेको पब्जी मोबाइल गेममाथि प्रतिबन्ध लगाउने यहाँको निर्णयलाई अधिकांश जनताले स्वागत गरे। तर पब्जीजस्तै अन्य दुई गेम फ्री फायर तथा ब्याटलग्राउन्ड्स मोबाइल इन्डियाले अहिले बालबालिकामाथि नकारात्मक प्रभाव पारिरहेका छन्।’

न्यायाधीश लाकाले यस्ता अनलाइन गेमको नकारात्मक असरका बारेमा चिन्ता व्यक्त गर्दै ती दुवै गेम गुगल प्ले स्टोरमा डाउनलोडका लागि उपलब्ध रहेकाले जतिसक्दो छिटो प्रतिबन्ध लगाउन आग्रह गरेका हुन्।

यसबाहेक उनले सरकारले बालबालिकालाई यस्ता भिडियो गेमहरुको पहुँचबाट बन्देज लगाउन कडाभन्दा कडा कानून बनाउनुपर्ने पनि सुझाएका छन्। उनले चीनमा पनि १८ वर्षमुनिका बालबालिका र किशोरकिशोरीले दिनमा बढीमा ९० मिनेटभन्दा बढी भिडियो गेममा पहुँच राख्न नसक्ने नियम कानून रहेको उदाहरण पनि पेश गरेका छन्।

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार