के एन्ड्रोइड १२ सार्वजनिक हुनेबित्तिकै तपाईँको फोनमा उपलब्ध होला? थाहा पाउनुस्

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार
के एन्ड्रोइड १२ सार्वजनिक हुनेबित्तिकै तपाईँको फोनमा उपलब्ध होला? थाहा पाउनुस्

काठमाडौं ।

गुगलले आफ्नो चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइडको अत्याधुनिक भर्सन एन्ड्रोइड १२ केही समयमा सार्वजनिक गर्ने तय भइसकेको छ।

हाल बिटा भर्सनमा रहेको यो सफ्टवयर ढिलोमा आगामी अगस्ट या सेप्टेम्बरभित्र पब्लिक अपडेटका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।

तर यसका लागि यति धेरै समय प्रतिक्षा गरिसकेपछि पनि के सबै योग्य स्मार्टफोनहरुमा एन्ड्रोइड १२ अपडेट शुरुमै आउला त? यो प्रश्न सोचनीय छ।

कम्पनीले पुष्टि गरे अनुसार यदि तपाईँसँग गुगल पिक्सेल डिभाइस छ भने यो सफ्टवयर सार्वजनिक भएकै दिन उपलब्ध हुनेछ। गुगलले सफ्टवयर सार्वजनिक हुनेबित्तिकै उपलब्ध हुने सूची उपलब्ध गराइसकेको छ जुन यस प्रकार छ:

  • पिक्सेल ५
  • पिक्सेल ४ए फाइभजी
  • पिक्सेल ४ए
  • पिक्सेल ४
  • पिक्सेल ४ एक्सएल
  • पिक्सेल ३ए एक्सएल
  • पिक्सेल ३ए
  • पिक्सेल ३
  • पिक्सेल ३ एक्सएल

यी माथि उल्लेखित बाहेकका सेटहरु भने अन्य निर्माताहरुका हुने भएकाले यसको बिटा भर्सन भने अन्य निर्माताका पनि केही निश्चित सेटहरुमा उपलब्ध हुनेछ।

तर यसको पब्लिक भर्सन कुन कुन स्मार्टफोनमा उपलब्ध हुने भन्ने ती डिभाइस निर्माता कम्पनीको निर्णयमा भर पर्ने हुनाले गुगलले तिनीहरुको सूची दिएको छैन।

 

 

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...