शाओमीले २०० वाट हाइपरचार्जको बृहत् उत्पादन आउँदो वर्ष थाल्ने

  • Technology Khabar | ७ श्रावण २०७८, बिहीबार
शाओमीले २०० वाट हाइपरचार्जको बृहत् उत्पादन आउँदो वर्ष थाल्ने

काठमाडौं ।

माइड्राइभर्सले चीनमा जारी गरेको एक नयाँ रिपोर्ट अनुसार शाओमीले २०० वाट चार्जिङ प्रविधि आउँदो वर्षको जुनमा बृहत् उत्पादन थाल्ने भएको छ।

उक्त रिपोर्टमा केही ब्लगरहरुलाई उद्धृत गर्दै उनीहरुले शाओमीको यो प्रविधि र यस सम्बन्धी योजना बाहिर ल्याएको उल्लेख छ।

आधिकारिक रुपमा हाइपरचार्ज नाम दिइएको २०० वाट क्षमताको यो प्रविधि गत मे मा एउटा एमआई ११ प्रो को कस्टमाइज्ड भर्सनमा डेमो गरिएको थियो।

यसले उक्त डिभाइसमा कस्टम गरेर राखिएको ४००० एमएएचको ब्याट्री १५ मिनटमा शून्यबाट फुल चार्ज गरेको थियो। पछि यो प्रविधिबाट ८०० पटक चार्ज गर्दा डिभाइसको ब्याट्रीको क्षमता २० प्रतिशतले क्षीण हुने बताइएको थियो।

उक्त रिपोर्टमा २०० वाट प्रविधि शाओमीको उच्च स्तरको मोडल एमआई १२ मा आउन सक्ने संकेत गरिएको छ।

शाओमीले यो प्रविधि पहिलोपटक डेमो गर्दा यो कन्जुमर डिभाइसमा आउने/ नआउने केही बताएको थिएन। यो गतिको चार्जिङ प्रविधि व्यावसायिक स्मार्टफोनमा सबैका लागि उपलब्ध हुने नहुने यकिन भने छैन।

हालसम्म बजारमा उपलब्ध फास्ट चार्जरहरुले सबैभन्दा छिटो ३० मिनट र बढीमा २ घण्टासम्ममा ब्याट्री फुल चार्ज गर्न सक्छन्।

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार