मेगा रेमिटमार्फत पठाएको पैसा खल्तीबाट पाउन सकिने

  • Technology Khabar | ४ श्रावण २०७८, सोमबार
मेगा रेमिटमार्फत पठाएको पैसा खल्तीबाट पाउन सकिने

काठमाडौं ।

खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्तीको स्पारो पेबीच रेमिट भुक्तानी सेवाका लागि सम्झौता भएसँगै अब खल्तीबाट पनि मेगा रेमिट सेवा उपलब्ध हुने भएको हो।

सम्झौता अनुसार सर्वसाधारणहरुले मेगा रेमिटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन्।

यसका साथै बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमिटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ।

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • ४ श्रावण २०७८, सोमबार
Desktop Popup ImageMobile Popup Image×