सामसङ ग्यालेक्सी एस२२ अल्ट्रामा २०० मेगापिक्सेलको क्यामरा रहने

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
सामसङ ग्यालेक्सी एस२२ अल्ट्रामा २०० मेगापिक्सेलको क्यामरा रहने

काठमाडौं ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङले आफ्नो आउँदै गरेको ग्यालेक्सी एस२२ अल्ट्रा स्मार्टफोनमा २०० मेगापिक्सेलको क्यामरा प्रयोग गर्ने भएको छ।

कम्पनीले यो डिभाइसमा २०० मेगापिक्सेल क्षमताको क्यामराका साथमा एस पेन सपोर्ट पनि रहने र आगामी सन् २०२२ को जनवरी हाराहारीमा सार्वजनिक हुने इंगित गरेको छ।

यो डिभाइसमा रहने क्यामराबारेको जानकारी एउटा कोरियाली प्रकाशन गृहले यस उद्योगका विविध स्रोतहरुलाई उद्धृत गर्दै बाहिर ल्याएको हो।

ती स्रोतहरुका अनुसार यसका लागि जापानी क्यामरा निर्माता ओलम्पसले सामसङसँग छलफलमा लागेको बुझिएको छ।

सामसङले पनि ओलम्पसको साझेदारीको प्रस्तावमा सहमति जनाएकाले ग्यालेक्सी एस२२ अल्ट्रामा ५ वटा लेन्ससहित २०० मेगापिक्सेलको ओलम्पसको ब्रान्डेड क्यामरा रहने भएको हो।

यो डिभाइसमा एस पेन सपोर्ट रहने प्रस्ट भए पनि एस पेन बक्समा नै आउनेछ वा अतिरिक्त रुपमा किन्नुपर्नेछ भन्ने यकिन छैन भने एस पेन सपोर्ट नयाँ फिचर पनि होइन। हाल उपलब्ध ग्यालेक्सी एस२१ मा पनि यो फिचर उपलब्ध छ।

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...