टिकटक अब बेलायत, फ्रान्स र जर्मनीमा फायर टीभी एपमा पनि उपलब्ध हुने

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
टिकटक अब बेलायत, फ्रान्स र जर्मनीमा फायर टीभी एपमा पनि उपलब्ध हुने

काठमाडौं ।

छोटो भिडियो शेयरिङ एप टिकटक अब फ्रान्स, बेलायत र जर्मनीमा फायर टीभी डिभाइसमा उपलब्ध हुने भएको छ।

कम्पनीका अनुसार उक्त डिभाइसहरुमा टिकटकको फर यू र फलोइङ फीडहरु हेर्न पाइनेछ।

यसमा एउटा डिस्कोभर पेज पनि दिइएको छ जसमार्फत् ट्रेन्डिङमा रहेका सामग्री खोज्न सकिन्छ। यो एप अमेजनको एपस्टोरबाट डाउनलोड गर्न सकिन्छ।

यो सेवाको फायर टीभी एप गत वर्ष सामसङ टीभी तथा गत फेब्रुअरीमा गुगल टीभी र एन्ड्रोइड टीभीमा उपलब्ध गराइएको थियो।

यी सेवाहरु हालका लागि यूरोपमा मात्र उपलब्ध छ भने कम्पनीले यिनीहरुलाई अझ धेरै बजारमा ल्याउने प्रयास गरिरहेको बुझिएको छ।

यसैबीच टिकटकले गत वर्ष अमेरिकामा आफ्नो नयाँ एप ‘मोर अन टिकटक’ फायर टीभीमा उपलब्ध गराएको थियो।

टीभी एपमा जानुको मुख्य उद्देश्य टिकटकको धेरैभन्दा धेरै प्रयोगकर्तासमक्ष पुग्नु रहेको छ। टिकटक भिडियोको समयसीमा बढेकाले पनि टीभी एपमा जानु बढी फाइदाजनक हुने देखिएको छ।

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार