मोबाइल व्यापार बन्द गरे पनि दोस्रो त्रैमासमा एलजीको नाफा दोहोरो अंकले बढ्यो

  • Technology Khabar | २४ असार २०७८, बिहीबार

काठमाडौं ।

एलजी इलेक्ट्रोनिक्सले यो वर्षको दोस्रो त्रैमासमा कीर्तिमानी दोहोरो अंकको सञ्चालन नाफा कमाउन सफल भएको छ।

कम्पनीले आफ्नो स्मार्टफोन व्यवसाय पूर्ण रुपमा बन्द गरेपछि भएको यो प्रगति विवरण आफ्नो वित्तीय प्रतिवेदनमा उल्लेख गरेको छ।

सिन्हवानेटमा आएको एक रिपोर्ट अनुसार यसको अप्रिलदेखि जुनसम्मको तीन महिनाको कमाइ ९७ लाख ५० हजार डलरको हाराहारीमा रहेको थियो।

यो अघिल्लो वर्षको सकवही अवधिको तुलनामा ६५.६ प्रतिशतको वृद्धि हो।

यो नाफा कम्पनीले पछिल्लो १२ वर्षयाता दोस्रो त्रैमासमा कमाएकोमध्ये सबैभन्दा धेरै हो। यसअघि यसले बढीमा ८७ करोड ८७ लाख डलरसम्म नाफा गरेको रेकर्ड छ।

यसबाहेक कम्पनीको राजस्व पनि अघिल्लो वर्षको भन्दा ४.८४ प्रतिशतले वृद्धि भएर १५ अर्ब डलरको हाराहारी पुगेको छ।

यो कम्पनीको इतिहासमै दोस्रो त्रैमासमा भएको सबैभन्दा बढी नाफा हो। यद्यपि, उक्त ब्रान्डले आफ्नो खुद नाफाको विवरण बाहिर ल्याउन भने बाँकी नै छ। यसैले प्रत्येक समाग्री र विभागको विस्तृत बिक्री र नाफाको छुट्टाछुट्टै विवरण भने यसै महिनाको अन्त्यसम्ममा आउने आकलन गरिएको छ।

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया