
काठमाडौं ।
पछिल्ला दिनमा व्यापक रूपले रेमिट्यान्स् बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।
यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिने कम्पनीले जनाएको छ।
विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्।
नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ।
सिफ्ट युकेमा अवस्थित् अन्तराष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो, जसले विश्वभर सजिलो, सुरक्षित र किफायति तरिकाबाट रेमिट्यान्स् सेवा दिँदै आएको छ।
प्रकाशित: २३ असार २०७८, बुधबार