
काठमाडौं ।
भारतीय टेलिकम अपरेटर भी (भोडाफोन आईडिया लिमिटेड) ले आफ्नो फिक्स लाइन ब्रोडब्यान्ड सहायक कम्पनी, अप्टिकल फाइबर इकाई र डाटा सेन्टर व्यवसायको बिक्रीबाट १ अर्ब अमेरिकी डलर (लगभग भारु ७४ अर्ब) उठाउने योजना बनाएको छ।
यो बिक्री मार्फत भीले आगामी दायित्वहरू पूरा गर्न कोष जुटाउने प्रयास गर्ने इकोनोमिक टाइम्सले रिपोर्ट गरेको छ।
भीले नियमित ऋण र नियामक शुल्कको लागि डिसेम्बर २०२१ र अप्रिल २०२२ को बीचमा संयुक्तरुपमा २२५ अर्ब भारु भुक्तानी रकमको सामना गर्नुपर्नेछ।
यसको नगद ब्यालेन्स गएको ३१ मार्चमा भारु ३.५ अर्ब रहेको छ र अपरेटरले मार्चको त्रैमासमा भारु ६९.८ अर्ब घाटा भोगेको छ।
प्रकाशित: २३ असार २०७८, बुधबार