
काठमाडौं ।
एप्पलले नयाँ म्याकबुक प्रो यसै वर्षको अन्त्यतिर एम१एक्स चिपसेटसहित सार्वजनिक गर्ने भएको छ।
यसैगरी कम्पनीले आउँदो वर्ष म्याकबुक एयर नयाँ डिजाइन र एम२ चिपसेटसहित ल्याउने योजना बनाएको छ।
एम१एक्स टीएसएमसीको ५ एनएम प्रोसेसमा बनेको चिप हो जुन हालै प्रयोगमा आइरहेको एम१ चिप बनाउने ५एनएम नोडको अझ सुधारिएङ्को भर्सन हो।
उक्त चिपले एम१ र ए१४ मा रहेका फायरस्टर्म र आइसस्टर्मनामका कोर आर्किटेक्चर प्रयोग गर्ने बुझिएको छ।
@Dylandkt नामका टिप्स्टरका अनुसार एम१एक्स मा ८ ओटा ठूला र २ ओटा साना गरी १० कोरयुक्त सीपीयू रहनेछन्। जीपीयू पनि ८ कोरको रहने र यसलाई दोब्बर वा चोबर बनाउन सकिन्छ।
यही एम१एक्स चिप प्रयोग गरेर कम्पनीले नयाँ म्याक मिनी पनि ल्याउने बुझिएको छ।
तर एम२ सीपीयूमा भने ८ कोर रहने र नयाँ नोड र आर्किटेक्चरमा जानसपर्ने बुझिएको छ। निक्केइ एसियाको यस अघिको रिपोर्टमा भने आगामी वर्ष आईप्याड प्रो मोडलका लागि एप्पलले ३ एनएम प्रोसेसमा बनेको चिप प्रयोग गर्ने दावी गरेको थियो।
प्रकाशित: २३ असार २०७८, बुधबार