एनभिडियाले चिप डिजाइनर संस्था आर्मको स्वामित्व ग्रहण गर्ने, मिडियाटेक लगायतका चिप उत्पादकको समर्थन

  • Technology Khabar | १५ असार २०७८, मंगलवार
एनभिडियाले चिप डिजाइनर संस्था आर्मको स्वामित्व ग्रहण गर्ने, मिडियाटेक लगायतका चिप उत्पादकको समर्थन

काठमाडौं ।

एनभिडियाले हालै चिप डिजाइनर कम्पनी आर्मको स्वामित्व ग्रहण गर्ने कुरामा मिडियाटेक लगायतका ठूला चिप निर्माता कम्पनीहरुको समर्थन पाएको छ।

४० अर्ब डलर बराबरको यो सम्झोतामा केही विवाद देखिएकोले हाल नियामकद्वारा परीक्षणको क्रममा रहेको छ।

यसको मुख्य विवाद देशको सुरक्षा र देशभित्रको उद्योगको प्रतिस्पर्धासँग सम्बन्धित छ।

एससीएमपी डटकम नामक समाचार संस्थाको रिपोर्ट अनुसार ग्राफिक्स कार्ड निर्माणका क्षेत्रमा विश्वमै कहलिएको एनभिडियालाई बेलायतमा मुख्यालय रहेको चिप डिजाइनर संस्था आर्मको स्वामित्व ग्रहण गर्ने विषयमा मिडियाटेक, मार्भल तथा ब्रोडकम कर्पजस्ता ठूला चिप निर्माताहरुको समर्थन प्राप्त भएको हो।

एनभिडियालाई आर्मको स्वामित्व ग्रहण गर्ने विषयमा सार्वजनिक रुपमा समर्थन गर्ने यी तीन कम्पनीहरु आर्मका सबैभन्दा ठूला ग्राहकमध्येका हुन्।

यसबाहेक हालै बेलायतको प्रतस्पर्धा तथा बजार नियामक संस्थाले यो सम्झाैताका बारेमा अध्ययन गरिरहेको र यो रद्द हुनसक्ने सम्भावना रहेको समाचार पनि आइरहेका छन्।

यसअघि क्वालकम, माइक्रोसफ्ट तथा गुगलजस्ता ठूला संस्थाले आर्मलाई एनभिडियाले किनेमा उसले ग्राफिक्स कार्डलगायतको मूल्य बढाउन सक्ने भन्दै सम्झोताको विरोध गरेका थिए।

आर्म एउट चर्चित चिप डिजाइनर कम्पनी हो जसका उत्पादनहरु विश्वका ५०० भन्दा बढी कम्पनीहरुले प्रयोग गर्दै आइरहेका छन्।

अहिले भने यसलाई जापानको सफ्टब्यांक ग्रुपले बिक्री गर्न लागेको हो।

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार