फाइभजी परीक्षण गर्न भारतीय कम्पनीहरुबिच प्रतिस्पर्धा, रिलायन्स जियोको फाइभजी परीक्षण शुरु

  • Technology Khabar | ३ असार २०७८, बिहीबार
फाइभजी परीक्षण गर्न भारतीय कम्पनीहरुबिच प्रतिस्पर्धा, रिलायन्स जियोको फाइभजी परीक्षण शुरु

काठमाडौं ।

छिमेकी देश भारतमा टेलिकम कम्पनी भारती एयरटेलले भर्खरै गुरुग्राममा फाइभजी नेटवर्कको परीक्षण सुरू गरेको छ र अब यो दौडमा अर्को अपरेटर रिलायन्स जियो पनि पछाडि पर्न चाहँदैन्।

कम्पनीले मुम्बईमा फाइभजी परीक्षण शुरू गरेको रिपोर्ट टेकराडारले प्रकाशित गरेको छ। रिपोर्टको दाबीअनुसार कम्पनीले यो परीक्षणको लागि आफैंले विकास गरेको प्रविधिको प्रयोग गरिरहेको छ।

कम्पनीले हालसालै मुम्बई, दिल्ली, हैदराबाद र गुजरातमा ५जी ट्रायल सुरू गर्न आवेदन दिएको थियो र कम्पनीले मुम्बईको लागि स्वीकृति पाएको देखिन्छ।

रिपोर्टले बताएअनुसार रिलायन्स जियोले मुम्बईमा ५जी परीक्षणका लागि इन-हाउस टेक्नोलोजी प्रयोग गरिरहेको छ, तर कम्पनीले क्रमशः दिल्ली र पुणेमा इरिक्सन र नोकियासँग ५जी परीक्षणका लागि हात मिलाएको छ। यस बाहेक, गुजरातमा कम्पनीले सामसङको सहयोगमा ५जी ट्रायल सुरु गर्ने योजना गरिरहेको छ।

दूरसञ्चार विभागले जियो, एयरटेल र भी (भोडाफोन आईडिया) लाई फाइभजी नेटवर्क परीक्षणको लागि ७०० मेगाहर्ज, ३.२ गीगाहर्जदेखि ३.६ गीगाहर्ज र २४.२५ देखि २८.५ गीगाहर्ज ब्यान्ड प्रदान गरेको थियो। मे २०२० मा, विभागले भारतमा फाइभजी टेक्नोलोजी सुरू गर्न सबै टेलिकम अपरेटरहरूलाई छ महिनाको लागि परीक्षण गर्न अनुमति दिएको थियो, जसपछि यी कम्पनीहरूले बिस्तारै परीक्षणको प्रक्रिया सुरू गर्दैछन्। एयरटेलले भर्खरै गुरुग्राममा फाइभजी ट्रायल सुरू गरेको छ।

जियोले यसको परीक्षणको लागि स्ट्यान्डअलोन ५जी आर्किटेक्चर प्रयोग गरिरहेको छ र यसले उच्च गति, विलम्बत (ल्याटेन्सी), र डाटा लोडहरूको लागि कोर र रेडियो नेटवर्कको परीक्षण समावेश गर्दछ।

मुम्बईमा कम्पनीले दुबै मिड ब्याण्ड र एमएमवेभ ब्यान्डको साथ आफ्नै ५जी पूर्वाधार प्रयोग गर्ने बताईएको छ।

गएको जनवरीमा कम्पनीले फाइभजी रेडियो विकसित गरेको कुरा सार्वजनिक गरेको थियो, जून कम्पनीद्धारा विकसित प्रविधिले जियोको ५जी स्मार्टफोन्सको संयोजनमा प्रयोगकर्तालाई १ जीबीपीएससम्म उच्च स्पीडको इन्टरनेट प्रदान गर्नेछ।

जियोले जून २४ मा आफ्नो वार्षिक साधार्ण सभा आयोजना गरिरहेको छ, जसमा कम्पनीले ५जी नेटवर्का साथसाथै आफ्नो सस्तो ५जी स्मार्टफोनलगायका बारेमा विभिन्न घोषणाा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: ३ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार