सुदूरपश्चिम प्रदेश सरकारले ‘सूप एप्स’ ल्याउने, ओपन गभर्नमेन्ट डाटालाई कार्यान्वयन गर्ने

  • Technology Khabar | १ असार २०७८, मंगलवार
सुदूरपश्चिम प्रदेश सरकारले ‘सूप एप्स’ ल्याउने, ओपन गभर्नमेन्ट डाटालाई कार्यान्वयन गर्ने

काठमाडौं ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८।७९ का लागि बजेट सार्वजनिक गर्दै सूपएप्स (SuPa Apps) ल्याउने घोषणा गरेको छ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेश सरकारको सूप एप्स निर्माण गर्ने र एकीकृत प्रदेश तथ्यांक केन्द्र एर्व एकीकृत भौगोलिक सूचना प्रणाली सम्बन्धी नीतिको लागि आवश्यक बजेटको व्यवस्था गरेको घोषणा गरे ।

यसका साथै प्रदेश सरकारले काठजन्य वस्तुको व्यवस्थापन तथा बितरण कार्यका लागि एकीकृत काष्ठ व्यवस्थापन सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ ।

त्यसैगरि प्रदेश सरकारले खुला सरकारी तथ्यांककोप्रयोगलाई जोड दिँदै खुला तथ्यांकको अवधारणा अर्थात ओपन गभर्नमेन्ट डाटालाई कार्यान्वयन गर्ने भएकोछ ।

प्रदेशले सूचना तथा तथ्यांक व्यवस्थापन गर्नका लागि सूचना व्यवस्थापन प्रणालीको स्थापना तथा विकास गर्ने बजेटमा घोषणा गरिएको छ ।

आगामी आवमा सुदूरपश्चिम प्रदेश सरकारले संवेदशशिल मानिएका राजमार्ग र स्थानहरुमा सिसिटिभी जडान गर्न २ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेट वक्तव्य_0

प्रकाशित: १ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...