अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

  • Technology Khabar | २३ जेष्ठ २०७८, आईतवार
अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडौं ।

सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो ।

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक, कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएपछि उक्त सेवा कार्यान्वयनमा आएको हो । यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुबै किसिमको कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेटबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अबस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्ने कम्पनीले बताएको छ ।

“खल्तिले सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । हामीलाइ विश्वास छ कि यो सेवाले मानिसहरुको भुक्तानी प्रक्रियालाइ सरल र सहि बनाउन थप टेवा पुग्नेछ” खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलले भने ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, कपिलमणि ज्ञवालीले भने, “सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्तीसँग अत्यन्त छोटो समयमा गरिएको यो सहकार्यले सत्तहत्तरै जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबिसै घण्टा रकम जम्मा गर्ने सुविधा हामिले दिन पाएकोमा ज्यादै खुशि छौँ । यो सफलताको पछाडी व्यवस्थापक र प्राविधिक पक्षको ठुलो हात रहेको हुँदा वहाँहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । यो सेवाले खल्ती डिजिटल वालेट र सामाजिक सुरक्षा कोष दुबैको प्रतिष्ठा बढाउन थप मद्दत मिलेको छ” ।

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...