हुण्डाइ मोटरले आफ्नै अटोमोबाइल चिपको विकास गर्ने

  • Technology Khabar | २१ जेष्ठ २०७८, शुक्रबार
हुण्डाइ मोटरले आफ्नै अटोमोबाइल चिपको विकास गर्ने

काठमाडौं ।

हुण्डाइ मोटर ग्रुपको भगिनी संस्था हुण्डाइ मोबिसले आफ्नै अटोमोबाइल चिपको विकास गर्ने भएको छ।

दक्षिण कोरियाली अटोमोबाइल जायन्ट हुण्डाइले आफ्नै अटोमोबाइल सेमिकण्डक्टर विकासका लागि हालै देशभित्रका चिप तथा डिजाइन कम्पनीसँग छलफल गरिरहेको बुझिएको छ।

यस परियोजनालाई आन्तरिक रुपमा ईएस प्रोजेक्ट नाम दिइएको छ। ईएसको पूरा रुप ईविइ सन हुन आउँछ जुन हुण्डाइ मोटर ग्रुपका अध्यकक्ष चुवाङ ईविइ सनको थर हो।

हुण्डाइ मोबिसले यस परियोजनामा सहभागी भएका र हुन सक्ने कम्पनीहरुसँग गोप्य सम्झैतामा हस्ताक्षर गरिसकेको छ। ह्युण्डाइले यी कम्पनीहरुसँग आफ्नो आवश्यकता अनुसारको चिपको काम र स्पेसिफिकेशनको जानकारी लिइरहेको छ। यी मध्येबाट छानिएका कम्पनीलाई चिप डिजाइन तथा उत्पादनको जिम्मेवारी दिइनेछ।

 

यो टेस्लाले सामसङ सिस्टम एलएसआई लाई लिएर आफ्नो कस्टम गरिएको चिप विकास गरे जस्तै भएको बुझिएको छ। ह्युण्डाइले सबैभन्दा पहिले सूचना र मनोरञ्जनका लागि चिप बनाउनेछ। त्यसपछि कम्पनी यीभन्दा बढी गम्भीर चिपहरु जस्तै माइक्रोकन्ट्रोलर युनिट, पावर म्यानेजमेन्ट आईसी तथा अत्याधुनिक चालक सहायतासम्बन्धी उत्पादन गर्नेछ।

ईएस परियोजना उपाध्यक्ष तथा पूर्व दक्षिण कोरियाली सेमिकण्डक्टर संस्थाहरुको समूहमा काम गरिसकेका किम ते वू को नेतृत्वमा अगाडि बढ्नेछ। किमले सन् २०१९ मा ह्युण्डाइ मोबिसमा संलग्न भएर त्यस यता कनेक्टिभिटी र अकस्टिक टिममा रहेर काम गरिरहेका छन्।

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २१ जेष्ठ २०७८, शुक्रबार