अमेरिकी सरकारद्वारा ह्वावेलगायत अन्य ५८ चिनियाँ कम्पनीमा लगानी गर्न अमेरिकीहरुलाई प्रतिबन्ध

  • Technology Khabar | २१ जेष्ठ २०७८, शुक्रबार
अमेरिकी सरकारद्वारा ह्वावेलगायत अन्य ५८ चिनियाँ कम्पनीमा लगानी गर्न अमेरिकीहरुलाई प्रतिबन्ध

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एउटा आगामी अगस्त २ तारिखदेखि लागू हुनेगरी ह्वावेलगायत ५९ कम्पनीमा लगानी गर्न प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन्।

यस आदेश अनुसार अमेरिकी कुनै पनि कम्पनीले चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बद्ध रहेको शंका लागेका कुनै पनि चिनियाँ कम्पनीमा लगानी गर्न पाउनेछैनन्।

यो आदेशमा ह्वावेसँगै सूचीमा रहेका कम्पनीहरुमा चिप उत्पादक कम्पनी सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशन- एसएमआईसी, भिडियो सर्भिलेन्स कम्पनी हाईकेभिजन तथा थुप्रै चिनियाँ सुरक्षा क्षेत्रसँग सम्बन्धित कम्पनीहरु रहेका छन्।

एक अमेरिकी वरिष्ठ अधिकारीले आउने महिनाहरुमा प्रतिबन्धको सूचीमा अन्य थुप्रै चिनियाँ कम्पनीहरु थपिँदै जानसक्ने प्रस्ट पारे।

यो नयाँ प्रतिबन्ध लागू भएसँगै राष्ट्रपति बाइडेनले चीनको गुप्तचर तथा सुरक्षा अनुसन्धान संस्थाहरु माथिको कडाइलाई अझ मजबुत बनाएका छन्।

चिनियाँ गुप्तचर तथा सुरक्षा अनुसन्धान संस्थाहरुमाथि ट्रम्प प्रशासनकै पालादेखि कडाइ गर्न शुरु गरिएको थियो। अमेरिकी लगानी कम्पनी तथा व्यक्तिहरुलाई हालै प्रतिबन्ध लगाइएका नयाँ कम्पनीहरुमा लगानी नगर्न र गरिएको लगानी फिर्ता लिन १ वर्षको समय तोकिएको छ।

चीनका अन्य मुख्य स्मार्टफोन उत्पादक कम्पनीहरु यो सूचीमा आउने नआउने थाहा भइसकेको छैन। यसबाहेक चिनियाँ सामाजिक सञ्जाल तथा मेसेजिङ प्लेटफर्म टिकटक र ‍विच्याटमाथि पनि प्रतिबन्ध लागू हुने/नहुनेबारे केही जानकारी आएको छैन।

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २१ जेष्ठ २०७८, शुक्रबार