आईफोन १३ का सबै भेरियन्टमा लिडार प्रविधि रहने, प्रो मोडलहरुको स्टोरेज १ टीबीसम्म हुनसक्ने

  • Technology Khabar | २० जेष्ठ २०७८, बिहीबार
आईफोन १३ का सबै भेरियन्टमा लिडार प्रविधि रहने, प्रो मोडलहरुको स्टोरेज १ टीबीसम्म हुनसक्ने

काठमाडौं ।

हालै वेडबुश विश्लेषक डेनियल आइभ्सले आउँदै गरेको आईफोन १३ का विवरणबारे केही आकलन हरु प्रस्तुत गरेका छन्।

उनका अनुसार आउँदै गरेका आईफोन १३ मा स्टोरेज अप्शनका बारेमा थुप्रै चर्चा परिचर्चा भए पनि यी डिभाइस चर्चामा नरहेको लाइट डिटेक्शन एन्ड रेन्जिङ/लेजर इमेजिङ, डिटेक्शन एन्ड रेन्जिङ लिडार प्रविधि पनि रहने बुझिएको छ।

आइभ्सका अनुसार यो प्रविधि प्रो तथा गैर प्रो सबै आईफोन १३ मोडलहरुमा उपलब्ध हुनेछ। यसैसँग जोडिएर आउने चर्चामा रहेको स्टोरेज अप्शनका सम्बन्धमा आइभ्सले यो विकल्प प्रो भर्सनहरुमा मात्र उपलब्ध हुने र बेस भेरियन्टहरुमा भने नदिइने बताएका छन्।

एप्पलले लिडार सेन्सरहरुलाई यति विस्तारित हिसाबले आत्मसात् गर्नुमा यो क्षेत्रको विकासका लागि आईफोन १३ मोडलको सहायतामा अन्य फिचरहरु ल्याउने योजना बनएको हुनसक्ने आकलन गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...