हार्मोनीओएसयुक्त ह्वावे वाच३ जुन २ मा सार्वजनिक हुँदै

  • Technology Khabar | १३ जेष्ठ २०७८, बिहीबार
हार्मोनीओएसयुक्त ह्वावे वाच३ जुन २ मा सार्वजनिक हुँदै

काठमाडौं ।

ह्वावेले आगामी जुन २ तारिखका दिन हार्मोनीओएसयुक्त उत्पादनका लाइनअप सार्वजनिक गर्न इभेन्ट आयोजना गर्ने तालिका बनाएको छ।

उक्त दिन हार्मोनीओएसयुक्त थुप्रै उत्पादन सार्वजनिक हुनेमा ह्वावे वाच३ नामको नयाँ स्मार्टवाच पनि परेको छ।

कम्पनीले वाच ३ को स्पेसिफिकेशनका बारेमा कुनै विवरण नदिए पनि आफ्नो वेबो प्रोफाइलमा थुप्रै टिजर फोटोहरु पोस्ट गरेको छ।

टिजरहरुका अनुसार ह्वावे वाच३ ले ई-सिम सपोर्ट गर्नेछ जसले गर्दा साथमा स्मार्टफोन नहुँदखा वाचमार्फत् नै कल गर्न र जवाफ फर्काउन सकिन्छ। यसबाहेक यसमा कम्पनीले शक्तिशाली ब्याट्री राखेको बुझिएको छ।

यो वाच सार्वजनिक हुन एक हप्ताभन्दा पनि कम समय बाँकी भएकाले कम्पनीले यसका थप स्पेसिफिकेशन आउँदा टिजरहरुमा समावेश गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...