अब ट्विटर स्पेसेजमा ब्राउजरबाटै जोडिन सकिने

  • Technology Khabar | १३ जेष्ठ २०७८, बिहीबार
अब ट्विटर स्पेसेजमा ब्राउजरबाटै जोडिन सकिने

काठमाडौं ।

केही समयअघदेखि चलिरहेको ट्विटरको क्लबहाउसजस्तै अडियो प्लेटफर्ममा अब ब्राउजरबबाट सोझै जोडिन सकिने भएको छ।

कम्पनीले आधिकारिक रुपमा बुधबारदेखि डेस्कटप तथा मोबाइल ब्राउजरका माध्यमबाट सोझै जोडिन सकिने जानकारी दिएको हो। यस अघि ट्विटरको आईओएस वा एन्ड्रोइड एपमार्पत् मात्र जोडिन सकिने व्यवस्था भएकामा अब भने यसको पहुँच फराकिलो हुने आकलन गरिएको छ।

ब्राउजरबाट जोडिँदा स्पेशेजमा होस्ट गर्न भने तत्काललाई पाइँदैन। यो जानकारी द भर्जलाई ट्विटरका प्रवक्ताले दिएका हुन्।

ट्विटरले केही महिनायता द्रुत गतिमा स्पेशेजलाई विस्तार गरिरहेको र क्लबहाउससँग प्रतिस्पर्धा गर्न फेसबुक र डिस्कर्डमा भएका जस्ता विभिन्न फिचर पनि थप गर्दै आइरहेको छ। यसै महिनाको शुरुवातमा ट्विटरले ६०० भन्दा माथि फलोअर भएकाले मोबाइलबाट स्पशेज होस्ट गर्न सक्ने सुविधा शुरु गरेको थियो।

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार