एम१ चिपयुक्त आईम्याक अघिल्ला २१.५ इन्च हाइ-इन्ड आईम्याकभन्दा ५६ प्रतिशत द्रुत

  • Technology Khabar | ३० बैशाख २०७८, बिहीबार
एम१ चिपयुक्त आईम्याक अघिल्ला २१.५ इन्च हाइ-इन्ड आईम्याकभन्दा ५६ प्रतिशत द्रुत

काठमाडौं ।

एप्पलको एम१ चिपयुक्त आईम्याक कम्प्युटर बुक गर्नेहरुलाई आगामी साता हस्तान्तरण गरिने बताइएको छ।

एम१ चिपयुक्त आईम्याकको बेन्चमार्क स्वाभाविक रुपमा एम१ म्याकबुक प्रो म्याकबुक एयर तथा म्याक मिनी बराबर नै छ।

पर्फर्मेन्शका हिसाबले २४ इन्चको एम१ आईम्यकले २०१९ मा बनेको इन्टेल चिपयुक्त २१.५ इन्च आईम्याकलाई उछिनेको छ। अहिलेको २७ इन्च हाइ इन्ड आईम्याकलाई पनि एम१ म्याकले सिंगल कोर पर्फर्मेन्शमा पछाडि पारेको छ।

एम१ म्याकको सिंगल कोर पर्फर्मेन्स ३८ प्रतिशत तथा आईम्याकको मल्टि कोर पर्फर्मेन्स २५ प्रतिशत फास्ट रहेको पाइएको छ।

मल्टि कोर पर्फर्मेन्समा पछाडि परेकाले एम१ आईम्याकले २७ इन्च आईम्याकलाई विस्थापित गर्न नसक्ने देखिएको छ। एप्पलले अहिले डेस्कटपका लागि अझ उच्च गुणस्तरको सिलिकन चिपमा काम गरिरहेको र २७ इन्चको आईम्याकलाई विस्थापित गरेर नयाँ मोडल ल्याउने क्रममा कम्पनीले आफ्नै अझ क्षमतायुक्त चिपसेट प्रयोग गर्ने आकलन गर्न सकिन्छ।

एम१ आईम्याकको मूल्य १२९९ डलरबाट शुरु भइ १४९९ डलरसम्म रहेको छ जसमा ८ कोर जीपीयू दुईओटा अतिरिक्त यूएसबी–सी पोर्ट, गिगाबिट इथरनेट तथा अतिरिक्त रंगको अप्शन रहेका छन्।

अहिले अर्डर गरिएका एम१ म्याक आगामी जुनमा डेलिभर गरिनेछ भने पहिले नै अर्डर गरेकाहरुले भने छिट्टै पाउने बताइएको छ।

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार