
काठमाडौं ।
-कमल धिताल
फेसबुक विश्वको एक अग्रणी र लोकप्रिय सोशल नेटवर्किङ्ग साईट हो। फेसबुक अकाउन्ट नभएक मानिसहरु सायद कमै होलान्। नेपालमा पनि सबैभन्दा धेरै प्रयोग गरिने सोसल मिडिया फेसबुक नै हो।
फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउनेरु फेसबुक सुरक्षा सेटिंग्स कसरी सुरक्षित गर्ने ? आज हामी यहाँहरुलाई तपाईंको फेसबुक एकाउन्ट कसरी सुरक्षित गर्ने भन्ने बारेमा जानकारी दिँदैछौँ ।
केहि समय अगाडी कलाकार दीपाश्री निरौला लगायतका कलाकारको फेसबुक ह्यक भएको समाचार बाहिर आएको थियो । बिसेश गरी फेसबुक ह्यक हुनुमा बलियो पास्वर्डको प्रयोग नहुनु र सेटिङको उचित प्रयोग न गर्नु नै मुख्य कारण रहेको देखिन्छ।
तल दिईएका ५ सामान्य तरिकाहरुमार्फट्ट तपाईको फेसबुक खातालाई ह्याकरहरूबाट सुरक्षित राख्नुहोस् ।
१. बलियो पासवर्डको प्रयोग गर्नुहोस्।
पासवर्ड बलियो राख्नुहोस किन कि पासवर्ड नै तपाईंको फेसबुक अकाउन्टको मुख्य सुरक्षा दिने माध्यम हो । ठाउँको नाम, आफ्नो मन पर्ने साथीको नाम, मन पर्ने जनाबरको नामलगायत प्रयोग नगर्नुहोस् । यस्ता पासवर्ड तपाईंको नजिकका ब्यक्तिले सजिलै अनुमान गर्न सक्छन् । यसका साथै स्पेसल क्यारेक्टरको प्रयोग गर्नुहोस जस्तै- #!$। सकेसम्म पासवर्ड जेनेरेटरको प्रयोग गर्नुहोस ।
साथै, तपाईको पासवर्ड प्रत्येक छ महिनामा एक पटक मात्र फेसबुकको लागि मात्र नभएर सबै ठाउँमा परिवर्तन गर्नुहोस्।
पासवर्ड परिवर्तन गर्न
दायाँ तर्फको माथि भागमा रहेको मेनुमा जानुहोस सेटिंग्स >> जेनेरल >> पासवर्ड >>
२। मोबाइल नम्बर भेरीफिकेसन
तपाईंको मोबाईल नम्बर भेरीफिकेसन गर्नाले फेसबुक सुरक्षालाई सुदृढ बनाउँछ। तपाईंले आफ्नो एकाउन्टको पासवर्ड बिर्सनुभयो भने फेसबुकले तपाइँको मोबाइल नम्बरमा ओटिपी पठाउँदछ र तपाइँ आफ्नो फेसबुक एकाउन्ट पासवर्ड रिसेट गर्न सक्नुहुन्छ।
मोबाईल नम्बर भेरीफिकेसन गर्न सेटिङमा जानुहोस र आफ्नो नम्बर हाल्नुहोस अनि आएको भेरीफिकेसन कोड राखेर भेरीफिकेसन गर्नुहोस ।
३। ‘लगइन अप्रुभल’ सक्रिय गर्नुहोस्
लगइन अप्रुभल फेसबुकद्वारा प्रदान गरिएको एक सुरक्षा सुविधा हो, र यसले तपाईलाई सुरक्षा कोड प्रदान गर्न प्रत्येक पटक तपाईको फेसबुक खातामा अपरिचित डिभाइसहरूबाट लगइन गर्दा कोड राख्नुपर्ने हुन्छ । लगइन अप्रुभल सक्रिय गर्न, एकाउन्ट सेटिंग्समा गएर लग इन अप्रुभल अन गर्नुहोस ।
४। स्पाम लिंक नखोल्नुहोस्
मेसेन्जरमा आउने सबै लिंकहरु नखोल्नुहोस्। आफ्नै बिश्वास गरेको साथीहरुबाट पनि यस्ता स्पाम लिंकहरु आउने गर्छन् । केहि समय अगाडी यो तिम्रो फोटो हो भन्ने स्पाम लिंकले धेरै प्रयोगकर्ताहरुको एकाउन्ट ह्यक भएको थियो । लिंक खोल्नु अगाडी लिंक साथीले पठाएको हो वा होईन कस्तो लिंक हो भन्ने सबै बुझेर मात्र अगाडी बढ्नुहोस्, नत्र तपाईंको एकाउन्टको डाटा पनि असुरक्षित हुन सक्छ।
५। साइन आउट गर्नुहोस्
तपाईंको फेसबुक खाताबाट लग आउट गर्न कहिल्यै नबिर्सनुहोस् मोबाईलमा फेसबुक प्रयोग गरेपछी हामी लग आउट गर्दैनौं यही बानीले गर्दा हामी साइबर क्याफे वा अफिसमा पनि लग आउट गर्न बिर्सन्छौं । यसले गर्दा हाम्रो फेसबुक एकाउन्ट असुरक्षित हुन जान्छ । प्रयोग गरिसकेपछी लग आउट गर्न नबिर्सनुहोस्।
धिताल पत्रकारिता विषयमा स्नातकोत्तरमा अध्ययनरत छन् र उनी टेक ब्लगिङमा रुचि राख्दछन् । लेखकको ब्लग हेर्नुहोस् ।
प्रकाशित: २० बैशाख २०७८, सोमबार