एम१ चिपयुक्त नयाँ आईप्याड प्रो र आईम्याक मे २१ मा आउने

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार
एम१ चिपयुक्त नयाँ आईप्याड प्रो र आईम्याक मे २१ मा आउने

काठमाडौं ।

विश्वव्यापी चिप अभावका कारण एप्पलका नयाँ उत्पादहरु सार्वजनिक हुने समय लम्बिने चर्चा हरु चलिरहेकै बेला आईम्याक र आईप्याड प्रो भने अर्को महिना आउने भएका छन्।

कम्पनीले केही समयअघि आफ्नो स्प्रिङ लोडेड इभेन्टमा घोषणा गरेका एम१ चिपयुक्त १२।९ इन्चको आईप्याड प्रो तथा आईम्याकको प्रिअर्डरमा जाने भएका छन्। सामान्यतया एप्पलको इभेन्टपछि नै प्रिअर्डरमा राखिने चलन भए पनि कोरोना महामारी र विश्वमा भएको चिप अभावका कारण केही ढिलो गरी प्रिअर्डर खुल्ने भएको हो।

एप्पल आफैंले भने आधिकारिक रुपमा यसको खुलासा गरेको होइन। हालै बेलायतमा रहेको एप्पलको तेस्रो पक्षको खुद्रा व्यापारी जोन लेविसले सार्वजनिक हुने मितिका बारेमा खुलासा गरेक हुन्।

उनले सामाजिक सञ्जालमा एउटा स्क्रीनशट शेयर गर्दै एम१ चिप राखिएका नयाँ आईप्याड प्रो तथा आईम्याक आगामी मे २१ का दिन उपलब्ध हुने जानकारी दिएका हुन्। एप्पलले सामान्यतया शुक्रबार आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गर्ने गरेको र मे २१ का दिन पनि शुक्रबार परेकाले यो सूचना सही हुनसक्ने आकलन गरिएको छ।

प्रिअर्डर अप्रिल ३० बाट खुल्ने र मे २१ मा मात्र उपलब्ध हुने हिसाबले समयअन्तर केही बढी देखिन्छ। तर विश्वव्यापी चिप अभावका कारण सामान्य बेलाको भन्दा उत्पादनमा समय लाग्ने हुनाले कम्पनीले केही समय लिएको हुन सक्छ।

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १७ बैशाख २०७८, शुक्रबार