निषेधाज्ञाको अवधिभर सेयर बजारको कारोबार अनलाइनबाट मात्र हुने

  • Technology Khabar | १६ बैशाख २०७८, बिहीबार
निषेधाज्ञाको अवधिभर सेयर बजारको कारोबार अनलाइनबाट मात्र हुने

काठमाडौं ।

निषेधाज्ञाको समय अवधिभर सेयर बजारको कारोबार अनलाइन माध्यमबाट मात्र हुने भएको छ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै अनलाइन माध्यमबाट मात्र सेयर कारोबार हुने जनाएको हो ।

काठमाडौंमा आजबाट निषेधाज्ञा शुरु भएको छ भने आजैबाट अत्यावश्यक सेवा बाहेकका सवारीसाधन, व्यापार व्यवसाय, शैक्षिक संस्थालगायत बन्द हुने छन्। यही अवस्थालाई ध्यानमा राखेर सेयर कारोबार अनलाइन माध्यमबाट मात्र गर्ने निर्णय भएको एसोसिएसनले जानकारी दिएको छ ।

‘निषेधाज्ञाको अवधिमा पनि नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा अन्य निर्देशनहरूको पालना गर्दै विद्युतीय माध्यमको उच्चतम प्रयोगमार्फत् धितोपत्र दोस्रो बजार कारोबार तथा राफसाफ निरन्तर गर्नरगराउन हामी धितोपत्र दलाल व्यवसायीहरू पूर्णरूपमा तयार रहेका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरि टि प्लस वान भित्र हस्तान्तरण गरिसक्ने सुनिश्चित हुनेगरि धितोपत्र खरिद बिक्री गर्न समेत एसोशिएसनले अनुरोध गरेको छ ।

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार