
काठमाडौं ।
ह्वावेले गत डिसेम्बरमा नोभा ८ प्रो फाइभजी ल्याउने घोषणा गरेकोमा भर्खरै त्यसको फोरजी भर्जन सार्वजनिक गरेको छ।
यो स्मार्टफोन फाइभजी सपोर्ट मात्रै नभएको तर बाँकी सबै स्पेसिफिकेसन भएको नोभा ८ प्रो भएको कम्पनीको भनाइ छ।
नोभा ८ प्रो फोरजीमा किरिन ९८५ एसओसी चिपसेट रहेको छ भने यो एन्ड्रोइड १० मा आधारित ईएमयूआई ११.० अपरेटिङ सिस्टम दिइएको छ। यस्तै यो ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज गरि दुई भेरियन्टमा उपलब्ध छ।
यसमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.७२ इन्चको फुल एचडी+ डिस्प्ले दिइएको छ जसको दायाँ कुनामा १६ मेगापिक्सेलको वाइड एङ्गल तथा ३२ मेगापिक्सेलको अल्ट्रावाइड सेल्फी क्यामरा राखिएको छ।
पछाडिपट्टि ६४ मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको डेप्थ तथा अर्को २ मेगापिक्सेलको म्याक्रो सेन्सरसहितको क्वाड क्यामरा सेट अप दिइएको छ।
यूएसबी सी पोर्टमार्पत् ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ४ हजार एमएएच क्षमताको ब्याट्री राखिएको उक्त फोनको मूल्य ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको ६१५ डलर तथा तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको ६८० तोकिएको छ।
प्रकाशित: १३ बैशाख २०७८, सोमबार