इन्टरनेट बैंकिङमार्फत् गरिएको कारोबार सङ्ख्या घट्यो

  • Technology Khabar | ३ बैशाख २०७८, शुक्रबार
इन्टरनेट बैंकिङमार्फत् गरिएको कारोबार सङ्ख्या घट्यो
प्रतिकात्मक

काठमाडौं ।

नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या अघिल्लो महिनाको भन्दा कम भएको पाइएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा चैत महिनाको शुरुवात सम्ममा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या २ लाख ६७ हजार ५८२ रहेको पाइएको छ।

फागुन महिनाको शुरुवात सम्ममा यो कारोबारको संख्या ३ लाख १० हजार ४८२ रहेको थियो। यसरी हेर्दा फागुन शुरुवातमा भन्दा चैत शुरुवातसम्मा इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार संख्या ४२ हजार ९०० ले कम हो।

कारोबार संख्यामा कमी आएसँगै कारोबार रकम पनि घटेको छ।

अघिल्लो महिनामा इन्टरनेट बैंकिङमार्फत् ९ अर्ब २२ करोड ७० लाख रुपैयाँको कारोबार भएकामा चैतको शुरुवातमा आएर यो रकम ८ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा ३४ करोड ७० लाख रुपैयाँले कमी आएको छ।

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...