हार्मोनीओएस यो वर्ष ३० करोड डिभाइसमा पुर्याउने ह्वावेको योजना

  • Technology Khabar | १ बैशाख २०७८, बुधबार
हार्मोनीओएस यो वर्ष ३० करोड डिभाइसमा पुर्याउने ह्वावेको योजना

काठमाडौं ।

ह्वावेको हार्मोनी ओएस अपरेटिङ सिस्टम ह्वावेको भविष्यको इकोसिस्टम भएकोले कम्पनीले यसको विकासमा लाखाैं डलर खर्चिरहेको छ।

कम्पनीले हालै यसको प्रगतिका बारेमा अर्को नयाँ अपडेट दिएको छ। यसअनुसार यसले हार्मोनीओएस प्रयोग भएका डिभाइसहरुको सङ्ख्या बढाउन २० ओटा हार्डवयर भेन्डर तथा २८० सफ्टवयर डेभलपिङ कम्पनीहरुसँग साझेदारी गर्ने भएको छ।

ह्वावेले यस वर्ष हार्मोनी ओएस प्रयोग भएका डिभाइसको सङ्ख्या ३० करोड पुर्याउने र तीमध्ये १० करोड सेटमा भने पहिले नै यो सिस्टम राखेर पठाउने योजना बनाएको छ। ह्वावेका कन्जुमर बिजिनेस सफ्टवयर विभागका अध्यक्ष वाङ चेङ्गलुले यो अपरेटिङ सिस्टम स्मार्टफोन र टिभीसहित विभिन्न डिभाइसहरुलाई एकत्रित गर्ने उद्देश्यले ल्याइएको बताएका छन्। यो अपरेटिङ सिस्टम पनि गुगल जस्तै ‘यूनिभर्सल’ प्रकृतिको छ।

कम्पनीले हार्मोनीओएसमा अपग्रेड गर्न सकिने केही स्मार्टफोनहरुको सूची पक्कापक्की गरेको छ। तर यसको बारेमा पूर्ण विवरण भने सार्वजनिक गरिसकेको छैन।

प्रकाशित: १ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार