
काठमाडौं ।
एप्पल र एन्ड्रोइड बीच कुन भन्दा कुन राम्रो भन्ने बहस लामो समयदेखि चलिरहेको छ। अझ एन्ड्रोइड स्मार्टफोन निर्माता सामसङ र एप्पलको सीधा प्रतिस्पर्धा छ।
ग्यालेक्सी एस श्रृंखलाको माध्यमबाट, सामसङले प्रिमियम फ्ल्यागशिप डिभाइसहरू लन्च गर्ने गर्दछ र एप्पल आईफोन्स यस कोटीमा पर्दछन्। दुबै कम्पनीका प्रयोगकर्ताहरू उनीहरूको ओएस सबैभन्दा राम्रो छ भन्ने गर्दछन भने फिचर र स्पेकहरू सहित एप्पल आईफोन र एन्ड्रोइड स्मार्टफोनहरूको पक्षमा उभिन्छन् ।
यस बहसको बिचमा, सामसङले एप्पलसँग चलाखी गर्ने कदम चालेको छ।
कम्पनीले सामसङ आईटेस्ट (Samsung iTest) भन्ने अनौठो एप विकसित गरेको छ जुन आईफोनमा इन्स्टल भएपछि त्यस फोनको सम्पूर्ण प्रणाली सामसङको ग्यालेक्सी स्मार्टफोनजस्तै हुनेछ।
सामसङ आईटेस्ट नामको यो अनौठो एप कम्पनीले विशेष गरी एप्पल आईफोनको लागि नै विकास गरेको हो। सरल शब्दमा भन्ने हो भने यदि तपाईं सामसङले बनाएको यो एप कुनै पनि आईफोनमा इन्स्टल गर्नुहुन्छ, त्यसपछि प्रयोगकर्ताले त्यो फोनलाई एन्ड्रोइड स्मार्टफोनको जस्तै रूपमा चलाउन सक्दछ।
यो एप चलाउँदा, पूरा आईफोनको थिम आईओएसबाट सामसङ ग्यालेक्सी फोनहरूको एन्ड्रोइड ओएसमा परिवर्तन हुनेछ। यसका फिचरहरुदेखि लुक सबै सामसङ फोनहरूको जस्तै काम गर्दछन्।
रिपोर्टका अनुसार आईफोनमा सामसङ आईटेस्ट चलाए पछि फोन पूर्ण रूपमा एन्ड्रोइड स्मार्टफोनको जस्तो देखिनेछ। एप्सको आइकनहरू सामसङ ग्यालेक्सी फोनमा अवस्थित आइकनहरूसँग मिल्दोजुल्दो हुनेछ।
यसका साथ नेभिगेसन, एनिमेशन र एप खुल्ने जेश्चरहरू आदि पनि आईफोनको सट्टा सामसङ ग्यालेक्सी एन्ड्रोइड फोन जस्तै देखा पर्नेछन्। सिधै भन्दा यो आईफोन बाहिरीरुपमा एक एप्पलकै फोन हुनेछ तर भित्रीरुपमा भने सामसङको स्मार्टफोन जस्तो हुनेछ।
रिपोर्टका अनुसार, सामसङ आईटेस्टलाई कम्पनीले भर्खरै न्युजील्याण्डमा मात्र ल्याएको छ, जहाँ एप्पल प्रयोगकर्ताहरूले आईफोनमा यस एप इन्स्टल गरेर सामसङ एन्ड्रोइड स्मार्टफोनको मजा लिन सक्छन्।
सामसङले यस एपलाई अन्य बजारमा कहिलेसम्म ल्याउने छ भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन। एजेन्सीहरुका साथ
प्रकाशित: ३० चैत्र २०७७, सोमबार