
काठमाडौं ।
ह्वावेको आगामी फ्ल्यागशिप स्मार्टफोन पी५० का केही विवरण र उच्च गुणस्तरको फोटो बाहिरिएको छ।
आगामी फोनहरुका बारेमा चलेका चर्चा परिचर्चाका आधारमा वाकर खान नामक व्यक्तिले लीक गरेको विवरणमा ह्वावे पी५० झट्ट हेर्दा पी५० प्रो जस्तै देखिन्छ।
बाहिरिएको फोटोमा फोनमा ४ ओटा क्यामरा लेन्सका भएको देखिएको छ। यसबाहेक ह्वावे पी५० मा एउटा स्ट्यान्डर्ड वाइड एङ्गल क्यामरा, अल्ट्रा वाइड र अर्को एउटा टेलिफोटो लेन्स रहने बुझिएको छ।
यसैगरी यो फोन ह्वाइट, ब्ल्याक, ब्लु तथा बिइज गरी चार रंगमा उपलब्ध हुनेछ। यो फोन मार्चको अन्त्यसम्म आउने अपेक्षा गरिए पनि केही ढीला भएर जुन महिनासम्म पुग्ने आकलन गरिएको छ।
ह्वावेको पी५० मा किरिन ९००० चिपसेट तथा ह्वावेको हार्मोनी अपरेटिङ सिस्टम रहने बुझिएको छ।
प्रकाशित: २५ चैत्र २०७७, बुधबार