इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने

  • Technology Khabar | २२ चैत्र २०७७, आईतवार
इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने

काठमाडौं ।

भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ।

बैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना भाग्यशाली ग्राहकले एक महिनाका लागि शतप्रतिशत छात्रवृति पाउनेछन् । जुन छात्रवृति रू.५ हजारसम्मको हुनेछ।

यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हनेछ । यस योजना अन्तर्गत जसको शैक्षिक शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले मात्र छात्रवृति प्राप्त गर्नेछ । एजेन्ट नेटवर्कबाट भुक्तानी गरिएपनि जसको शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले नै छात्रवृति प्राप्त गर्नेछ ।

हाल मुलुकभरका २ हजार भन्दा धेरै विद्यालयहरूमा इसेवा मार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार