एनआईसी एशिया बैंकको क्युआर कोड सेवा धरान उपमहानगरपालिकामा

  • Technology Khabar | २२ चैत्र २०७७, आईतवार
एनआईसी एशिया बैंकको क्युआर कोड सेवा धरान उपमहानगरपालिकामा

काठमाडौं ।

एनआईसी एशिया बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्यूआर कोड वितरण गरेको छ।

उक्त क्यूआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र यस बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीज्यूले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरे ।

यस बैंकको मोबाइल बैंकिङ्ग, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप-वालेट मार्फत यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । सो रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।

बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत क्यूआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई द्रूत गतिमा अगाडी लैजानका लागि आवश्यक योजना अगाडी सारेको जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार