९० वर्षीय इन्स्टाग्राम प्रयोगकर्तालाई बेलायतकी महारानीद्वारा हज्जाराैं पाउन्ड उपहार

  • Technology Khabar | २२ चैत्र २०७७, आईतवार
९० वर्षीय इन्स्टाग्राम प्रयोगकर्तालाई बेलायतकी महारानीद्वारा हज्जाराैं पाउन्ड उपहार

काठमाडौं ।

बेलायतका एक ९० वर्षीय इन्स्टाग्राम प्रयोगकर्तालाई बेलायतकी महारानीले हज्जाराैं पाउन्ड ‘मन्डी मनी’ उपहार दिएकी छिन्।

ज्योफ्रे वाकर नामका ती व्यक्तिले आफ्नी श्रीमतीसँग उक्त उपहारसहित आफ्नो घर लेस्टरको थ्रिङस्टोनबाट फोटो शेयर गरेका छन्।

आफ्ना आफन्तसँग कुराकानी गर्नका लागि सामाजिक सञ्जालमा जोडिएको ज्योफ्रेका ३ लाख ५० हजारभन्दा बढी फलोअर रहेका छन्।

https://www.instagram.com/p/CNHpaf9AWu8/?utm_source=ig_embed

उनले आफूलाई स्थानीय चर्चले मनोनयन गरेपछि राजदरबारबाट अकस्मात चिठी आउँदा निक्कै आश्चर्यचकित भएको बताए। ‘यो साँच्चै नै आश्चर्यजनक थियो। यो पत्याउन गाह्रो थियो-यस्ता कुरा आफैंसँग होला भनेर तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न’, उनले भने।

उनले र आफ्नी श्रीमतीसँग मिलेर आफ्नो समुदायका मानिसहरुबीच खुशी बाँड्नका लागि अर्थोपार्जन गर्दै आएका बताए।

‘गत वर्ष हाम्रा इन्स्टाग्रामका साथीहरुमार्फत् हामीले गाउँकै चार्ल्स बुथ सेन्टरमा हलसम्म पुग्न मजस्ता अशक्तहरुलाई सजिलो होस् भनेर लिफ्ट हाल्नका लागि १३ हजार पाउन्ड उठाएका थियाैं,’ उनले थपे।

१० जना नातिनातिना भएका वाकरले आफ्ना नातिनातिनाहरुसँग सम्पर्कमा रहन इन्स्टाग्राम एकाउन्ट खोलेका थिए।

सँधै राजदरबारमा हुने रोयल मन्डी मनी सर्भिस यो वर्ष कोरोनाका कारण नभएपछि सोझै प्रापकको ठेगानामा महारानीको तर्फबाट एउटा चिठीसहित पुर्याइएको थियो।

प्रकाशित: २२ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार