Technology Khabar २० चैत्र २०७७, शुक्रबार
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले २३.८ इन्चको आईपीएस डेस्कटप मनिटर सार्वजनिक गरेको छ।
यसको रेजोल्युशन १९२०x१०८० पिक्सेल रहेको छ भने १७८ डिग्री भ्यूइङ एङ्गल रहेको छ। यसको अर्को मुख्य आकर्षण भनेको यसलाई आवश्यकता अनुसार ५ डिग्री तलतिर वा २२ डिग्री माथिसम्म ढल्काउन सकिन्छ।
यसमा पावरका लागि डीसी इनपुट दिइएको छ भने आउटपुटका लागि एचडीएमआई र भीजीए पोर्ट दिइएको छ। यसबाहेक मनिटर रहेको बक्समा डेढ मिटर लम्बाइ भएको एचडीएमआई केबल राखिएको छ।
यसको लम्बाइ, चैडाइ र उचाई ५३८.५ मिलिमिटर, ४२५ मिलिमिटर र १७० मिलिमिटर रहेको छ भने यसको समग्र तैल ४.०५ किलो रहेको छ। यो कालो रंगमा मात्र उपलब्ध छ।
यो मनिटर बेलायतमा आगामी अप्रिल १४ तारिखदेखि बिक्रीमा राखिने बताइएको छ भने यसको प्रारम्भिक मूल्य १५० पाउन्ड तोकिएको छ। कम्पनीले १ देखि १३ तारिखका बीच अर्डर गरेमा ३० पाउन्ड छुट दिनुका साथै एउटा ह्वावे मेटडक२ नि:शुल्क दिने अफर पनि राखेको छ।
यो मनिटर यूरोपका केही मुख्य बजारहरु तथा मलेसिया, थाइल्याण्ड र फिलिपिन्समा पनि उपलब्ध हुने र ती स्थानका लागि भने १५९ पाउन्ड मूल्य रहने कम्पनीले जनाएको छ।
प्रकाशित: २० चैत्र २०७७, शुक्रबार