मंगलबार बेलुकादेखि अवरुद्ध रहेको मेरो शेयरको सेवा फेरि सञ्चालनमा

  • Technology Khabar | १८ चैत्र २०७७, बुधबार
मंगलबार बेलुकादेखि अवरुद्ध रहेको मेरो शेयरको सेवा फेरि सञ्चालनमा

काठमाडौं ।

मंगलबार बेलुकादेखि अवरुद्ध रहेको मेरो शेयरको सेवा फेरि सुरु भएको छ । सिस्टम अपडेटका कारण मंगलबार साँझ ८ बजेदेखि मेराे शेयरकाे सेवा अवरुद्ध भएको थियाे ।

सिडिएस एण्ड क्लियरिङ्गले एक सूचना जारी गर्दै मंगलबार बेलुका ८ बजेदेखि केही समयका लागि मेरो सेयरको सेवा अवरुद्ध हुने जनाएकोमा आजबाट फेरि सञ्चालन भएको हो।

सीडीएस क्लियरिङ लिमिटेडले सेवाग्राहीको चाप बढेर प्राविधिक समस्या देखापरेको कारण जनाउँदै मंगलबार बेलुकासेवा अवरुद्ध गरी आकस्मिक रूपमा २ वटा सर्भर जडान र डेटा माइग्रेसन गर्नुपर्ने बताएको थियो।

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार