नयाँ स्मार्टफोन आईएन १ ल्याउँदै माइक्रोम्याक्स, आधिकारिक घोषणा मार्च १९ मा

  • Technology Khabar | १ चैत्र २०७७, आईतवार
नयाँ स्मार्टफोन आईएन १ ल्याउँदै माइक्रोम्याक्स, आधिकारिक घोषणा मार्च १९ मा

काठमाडौं ।

भारतीय मोबाइल फोन निर्माता माइक्रोम्याक्सले आईएन १ नाम गरेको नयाँ स्मार्टफोन बजारमा ल्याउने भएको छ।

आगामी मार्च १९ तारिख कम्पनीको वेबसाइट माइक्रोम्याक्सइन्फो डट कममार्फत लाइभ स्ट्रिम गरेर यो नयाँ फोनको बारेमा आधिकारिक घोषणा गरिने बताइएको छ।

यसका लागि कम्पनीले इन्डियाका नया ब्लकबस्टर भन्ने स्लोगन तयार गरेको छ। नयाँ आउने फोन यसअघिका माइक्रोम्याक्स आईएन १बी र आईएन नोट १ को बीचको रहने अपेक्षा गरिएको छ।

यसअघिका माइक्रोम्याक्स आईएन डिभाइसहरुमा मिडियाटेक चिपसेट प्रयोग गरिएका थिए। यसै हिसाबले नयाँ आउने डिभाइसमा पनि मिडियाटेककै चिपसेट प्रयोग गरिएको हुने अपेक्षा गर्न सकिन्छ।

यसबाहेक माइक्रोम्याक्सले फाइभजी फोन तथा वायरलेस हेडफोन विकास गरिरहेको र छिट्टै नै घोषणा गर्ने बताइएको छ।

हालसम्म आईएन १ को कुनै विवरण बाहिरिइसकेको छैन। यसअघिका डिभाइसहरुका आधारमा हेर्दा तर पछाडिपट्टि ३ वटा क्यामरा सेट अप र ५ हजार एमएएच ब्याट्री रहन सक्छ । साथै आईएन नोट १ मा जस्तै ४ जीबी र्याम र ६.५ देखि ६.७ इन्चको डिस्प्ले रहने आकलन गरिएको छ

 

प्रकाशित: १ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • १ चैत्र २०७७, आईतवार