एप्पलले आईफोन मिनीको उत्पादन उल्लेख्य सङ्ख्यामा घटाउने

  • Technology Khabar | २७ फाल्गुन २०७७, बिहीबार
एप्पलले आईफोन मिनीको उत्पादन उल्लेख्य सङ्ख्यामा घटाउने

काठमाडौं ।

एप्पलले आईफोन मिनीको उत्पादन घटाउने भएको छ। एक रिपोर्टका अनुसार गएको फेब्रुअरीमा कम्पनीले आईफोन मिनीको उत्पादन १ करोड १० लाख थानको सङ्ख्या कटैती गरेको थियो।

यसै सम्बन्धमा हालसालै आएका रिपोर्टहरुका अनुसार एप्पलले आईफोनका सबै भेरियन्टको उत्पादन गएको डिसेम्बरमा बनाइएको योजनाभन्दा २० प्रतिशतसम्मले घटाउन सक्ने जनाइएको छ। यसमध्ये सबैभन्दा धेरै कटोतीमा आईफोन मिनी पर्ने भएको छ।

यस वर्षको अघिल्लो ६ महिनामा एप्पलले आईफोन १२ सिरिजसहित सबै भेरियन्टहरु मिलाएर ७ करोड ५० लाख थान स्मार्टफोन उत्पादन गर्ने अपेक्षा गरिएको छ। यो कम्पनीले सुरुमा गरेको ९ करोड ६० लाखको योजनाभन्दा निकै थोरै हो तर गत वर्षको पहिलो ६ महिनाको अवधिमा गरेको उत्पादनभन्दा उल्लेख्य रुपमा बढी हो।

आईफोन १२ सिरिजले ११ सिरिजभन्दा बढी बिक्री भएर पहिलो त्रैमासमा जम्मा १ खर्ब, ११ अर्ब ४० करोड डलरको कारोबार गरेको थियो।

कम्पनीले यसै वर्ष आईफोन १३ मिनी बजारमा ल्याउने बुझिएको छ।

निक्केइ एसियामा प्रकाशित रिपोर्टका अनुसार एप्पलले यसै वर्षको मे/जुन महिनामा मिनि एलईडी सेन्सरसहितका १४ र १६ इन्चका दुई भेरियन्टका म्याकबुक प्रो को व्यापक उत्पादन गर्ने भएको छ।

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २७ फाल्गुन २०७७, बिहीबार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २७ फाल्गुन २०७७, बिहीबार

EU tells TikTok to change ‘addictive’ design

  • २७ फाल्गुन २०७७, बिहीबार