मलेसिया सरकारद्वारा फाइभजी पूर्वाधार जडानका लागि एकमात्र निकायको घोषणा

  • Technology Khabar | २१ फाल्गुन २०७७, शुक्रबार
मलेसिया सरकारद्वारा फाइभजी पूर्वाधार जडानका लागि एकमात्र निकायको घोषणा

काठमाडौं ।

मलेसियन कम्युनिकेशन एन्ड मल्टिमिडिया कमिसन (एमसीएमसी)ले त्यहाँको अर्थ मन्त्रालयले फाइभजी नेटवर्क परिचालनका लागि देशैभर विशेष खालको सवारी (स्पेशल पर्पस भेहिकल) मोडल प्रयोगमा ल्याएको जानकारी दिएको छ।

डिजिटल नेशनल बर्हाद (डीएनबी) नामक उक्त निकायले देशभर तिब्रगतिमा फाइभजी पूर्वाधार तथा नेटवर्क जडान तथा परिचालनको जिम्मा लिनेछ। यसलाई त्यहाँको कम्युनिकेशन्स एन्ड मल्टिमिडिया एक्ट १९९८ अन्तर्गत काम गर्ने लाइसेन्स प्राप्त पनि हुनेछ।

डीएनबीले एमसीएमसीको नीति नियम भित्र रहेका काम गर्नेछ भने यो पूर्णरुपमा मलेसियाली सरकारको स्वामित्वमा रहनेछ।

स्पेक्ट्रमको अत्यधिक प्रयोग होस् र फाइभजी सम्बन्धी रिटेल सर्भिसको विकासका लागि सबै दूरसञ्चार सेवा प्रदायकहरुले खुला, निष्पक्ष र बराबर हिसाबले फाइभजी नेटवर्क सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले डीएनबीको अनुगमन गर्ने एमसीएमसीको योजना रहेको बुझिएको छ।

डीएनबीले होलसेल तटस्थ निकायको रुपमा रही मोबाइल सेवा प्रदायकहरुलाई गार्हस्थ, संस्थागत तथा सरकारी ग्राहकहरुमा केन्द्रित रहन सक्षम बनाउने अपेक्षा गरिएको छ। एजेन्सी

प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार