काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘आस्क मुक्ति भाई’ नामक भर्चुअल सहायता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले यस भर्चुअल सहायता सेवामार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।
यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ सै घण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटबोट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतिबाट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यस सेवाको लागि बैंकको वेबसाइट ( www.muktinathbank.com.np ) मा गएर दायाँतर्फ ‘आस्क मुक्ति भाई’ वा बैंकको मस्कट ‘मुक्ति भाई ’ क्लिक गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिने जानकारी दिएको छ।
प्रकाशित: ९ फाल्गुन २०७७, आईतवार