डिशहोम रियालिटि टिभीमा आजबाट ट्यालेन्ट शो ‘कलाको मेला’

  • Technology Khabar | ४ माघ २०७७, आईतवार
डिशहोम रियालिटि टिभीमा आजबाट ट्यालेन्ट शो ‘कलाको मेला’

काठमाडौं ।

मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आज (आइतबार)बाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ ।

हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ ।

डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ माघ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...