धनुषाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले बरामद गर्यो ४१ थान मोबाइल तथा १ थान स्कुटर

  • Technology Khabar | १६ आश्विन २०८३, शुक्रबार
धनुषाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले बरामद गर्यो ४१ थान मोबाइल तथा १ थान स्कुटर

काठमाडौं ।

सशस्त्र प्रहरी बलले धनुषा जिल्लाको नेपाल भारत सीमाबाट चोरी पैठारी गरिएका ४१ थान मोबाइल तथा १ थान स्कुटर बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. धनौजी धनुषाबाट खटिएको टोलीले असोज १४ गते विदेह नगरपालिका–९, जागिर टोलस्थित सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४१ थान मोबाइल पार्ट्स तथा १ थान स्कुटर सहित मूल्य रु. २०,०५,७७५।- बराबरको चोरी पैठारीका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी उक्त बरामद गरिएका सामानहरु सम्बन्धित निकायमा बुझाएको जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...