एनआईसी एशिया बैंकले थाल्यो वीच्याट–पे भुक्तानी सेवा

  • Technology Khabar | १४ पुष २०७७, मंगलवार
एनआईसी एशिया बैंकले थाल्यो वीच्याट–पे भुक्तानी सेवा
Global IME Bank

काठमाडौं ।

एनआइसी एशिया बैंकले वीच्याट-पे मोबाइल वालेटमार्फत आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवा सुरु गरेको छ।

यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्न सक्छन्।

जसका लागि एनआइसी बैंक, फष्ट पे टेक्नोलोजी र चीनको स्वीफ्टपास कम्पनीबीच त्रिपक्षिय सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरे।

सम्झौतापछि वीच्याट पे मोबाइल वालेट प्रयोगकर्ताहरूले बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका क्यु आर कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले वीच्याट–पेबाट भुक्तानी प्राप्त गर्न चाहने मर्चेन्टहरूका लागि बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य योगदान दिइरहेका चिनियाँ पर्यटकहरूले यहाँ आएर विभिन्न सेवा तथा सामग्री खरिद गरी सहज रुपमा वीच्याट–पेमार्फत भुक्तानी गर्न सक्नेछन् । चिनियाँ नागरिकहरूमा अत्यन्त लोकप्रिय रहेका उक्त मोबाइल वालेटको सेवा नेपालमा समेत सुचारु हुँदा चिनियाँ पर्यटकहरूलाई अत्यन्त लाभदायी हुनेछ र यसले नेपालमा चिनियाँ पर्यटकहरूले सामग्री तथा सेवामा खर्च गर्ने प्रकृयामा सहजता ल्याई राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा समेत सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

प्रकाशित: १४ पुष २०७७, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार