सामसङले यस वर्ष ३० करोड फोन आपूर्तिको लक्ष्य पुरा गर्न नसक्ने

  • Technology Khabar | १२ पुष २०७७, आईतवार
सामसङले यस वर्ष ३० करोड फोन आपूर्तिको लक्ष्य पुरा गर्न नसक्ने
सामसङको काठमाडौंमा दरबारमार्ग स्थित शोरुम। फाइल तस्विर

काठमाडौं ।

दक्षिण कोरियाबाट आएको एक रिपोर्ट अनुसार सामसङले यस वर्ष ३० करोड फोन बिक्री गर्न नसक्ने भएको छ।

कम्पनीको बिक्री इतिहासको ९ वर्षमा पहिलो पटक ३० करोड फोन सेट बिक्री लक्ष्य हासिल नहुने भएको हो ।

यो अनुमान गरिएको छ कि स्मार्टफोन निर्माताको सिपमेन्ट सम्भवतः २७ करोड यूनिट हाराहारीमा पुग्नेछ।

२०२० को तेस्रो क्वार्टरको अन्त्यमा, सामसङले १८९ मिलियन फोनहरू पठाइएको पुष्टि गरेको छ, जुन यस वर्षको महामारीको बिचमा अझै राम्रो संख्या हो।

अझै, कम्पनीले २०२१ मा आफ्नो मिडरेन्ज र लो-इन्डका ५जी स्मार्टफोन लाइनअप विस्तार गरेर र यसका फोल्डेबल मोडेलहरूलाई बढावा दिई ३० करोड ७० लाख यूनिटहरू पुर्याउने लक्ष्य राखेको छ।

यसमध्ये करीव २८७ मिलियन युनिटहरू स्मार्टफोन हुनेछन भने बाँकी फिचर फोन हुने आशा गरिन्छ। यसमध्ये करिब ५ करोड स्मार्टफोनहरू फ्ल्यागशिप मोडेलहरू हुन सक्छन्। एजेन्सी

प्रकाशित: १२ पुष २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...