भिभो नेपालको तेस्रो वार्षिकोत्सवको अवसर, सेल्स कार्निभलको घोषणा

  • Technology Khabar | ३० मंसिर २०७७, मंगलवार

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस वर्षको सबैभन्दा ठूलो वार्षिक बिक्री मेलाको घोषणा गरेको छ । उक्त वार्षिक मेला १२ डिसेम्बर २०२० देखि सुरु भई ५ जनवरी २०२१ मा समापन हुनेछ ।

सेल्स कार्निभलमा भिभो भी १९ भिभो एस १ प्रो र भिभो वाई १२ स्मार्टफोनहरुमा विशेष छुट पाइने छ । यस बिक्री मेलाको भागको रुपमा भिभोले मेलाको २५ दिनको अवधिमा प्रत्येक भिभो स्मार्टफोन बिक्रीमा लक्की ड्रमार्फत आकर्षक उपहार ह्याम्परहरु र बम्पर पुरस्कारहरु वितरण गर्नेछ।

लक्की ड्र उपहारको रुपमा भिभोले भाग्यशाली ग्राहकहरुलाई १५०० स्क्रिन रिप्लेस्मेन्टस्, १० पावर बैंक, ६ एयरबडस र ४३ इन्चको स्मार्ट टिभी प्रदान गर्नेछ।

‘हाम्रो नेपालमा तेस्रो वार्षिकोत्सवको अवसरमा भारी छुट र बम्पर पुरस्कारका रुपमा यस्ता आकर्षक अफरहरु ल्याउन पाउँदा हामी खुसी छौं । भिभो नेपालका सिईओ मार्सले भने,’ ‘उक्त मेला ५ जनवरी २०२१ सम्म मान्य रहनेछ र ग्राहकहरुलाई निकै कम मूल्यमा उत्कृष्ट उत्पादन लिने अवसर दिलाउनेछ । हामीलाई नेपाली ग्राहकहरुले दिनु भएको माया र साथ प्रति निकै आभारी छौ ।’

नेपालको सबैभन्दा ठूलो ईकमर्स कम्पनी दराजले पनि भिभो सेल्स कार्निभलको सुरुवातकै दिन अर्थात डिसेम्बर १२ देखि १२ः१२ सेल सुरु गरेको छ, जुन सेल डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ ।

साझेदारीमा थप दराजले निःशुल्क शिपमेन्ट जस्ता धेरै आकर्षक अफरहरु प्रदान गर्दछ, साथै भिभो स्मार्टफोनहरुको खरिदमा २ प्रतिशत देखि ३ प्रतिशतको नियमित छुट रहेको छ । दराजले ग्राहकहरुलाई २१०० रुपैयाँसम्मको भौचर अफरहरु पनि प्रदान गर्दैछ ।

प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार