काठमाडौं ।
भारतको टाटा समूहले अब फोन कम्पोनेन्टको निर्माणमा प्रवेश गर्ने निर्णय गरेको छ। यो समूहले ५००० करोडको लागतमा तमिलनाडुको होसुरमा औद्योगिक परिसर निर्माण गर्नेछ।
‘हिन्दू बिजनेस लाइन’ को रिपोर्ट अनुसार एप्पल फोनका कम्पोनेन्टहरू सो टाटाको प्लान्टमा बनाइनेछ।
एप्पल फोनको सबैभन्दा ठूलो निर्माता फक्सकनले तमिलनाडुको श्री पेराम्बुदुरमा आईफोन ११ लगायत अन्य फोनहरू निर्माण गरिरहेको छ।
टाटा समूहको इलेक्ट्रोनिक ईकाई टाटा इलेक्ट्रोनिक्सलाई तमिलनाडु औद्योगिक विकास निगमले ५०० एकड जग्गा प्रदान गरेको छ।
टाटा सन्सको पूर्ण स्वामित्वमा रहेको टाटा इलेक्ट्रोनिक्सले टाटा सन्सका समूह अध्यक्ष एन. चन्द्रशेखरनको योजना अनुसार यो योजना लागू गर्नेछ। यो आईफोन एसेम्बलबाट सुरू हुनेछ र त्यसपछि दक्षिण कोरिया, जापानको मूल उपकरण निर्माताहरूसँग साझेदारी हुने बताईएको छ।
भारतमा रहेका धेरै जसो कम्पनीहरूले एसेंब्ली लाइनका रूपमा काम गरिरहेका छन् र उनीहरूको निर्माण क्षमता धेरै कम छ। यसै कारणले स्मार्टफोन र कम्पोनेन्ट म्यान्युफ्याक्चरिंगका लागि चीन बाहेक अरु देशहरूमा पनि निर्माण निर्माण गरिरहेका एप्पल जस्ता कम्पनीहरू अहिलेसम्म भारत जान सकेका छैनन्। अब टाटा सन्सले एप्पल जस्ता कम्पनीहरूसँग म्यान्युफ्याक्चरिंगको क्षेत्रमा उनीहरूसँग साझेदार हुन प्रयास गरिरहेको छ।
एप्पलसँगको साझेदारी मेक इन इंडिया अभियानको हिस्सा हुनेछ। एप्पलले यसको मार्फत सरकारको उत्पादनसँग जोडिएको प्रोत्साहनको फाइदा लिनेछ।
प्रकाशित: २१ मंसिर २०७७, आईतवार