सिजीले जाडोका लागि घरायसी सामाग्रीहरु बजारमा ल्यायो

  • Technology Khabar | १८ मंसिर २०७७, बिहीबार
सिजीले जाडोका लागि घरायसी सामाग्रीहरु बजारमा ल्यायो

काठमाडौं ।

सिजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ।

सिजीले सर्वसाधारणसँग न्यानो सम्बन्ध राखी जाडोमा जीवन सरल र सहज बनाउन घरायसी सामानहरु बजारमा राखेको हो। पानी तातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट प्रस्तुत गरेको छ।

यसैगरी जुनसुकै स्थानमा जति बेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ। न्यानो बनाई राख्न कम्पनीले विभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ।

चिसो पानीले नुहाउने टेन्सनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको छ। सिजीले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेको कम्पनीको भनाइ छ।

प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...