
काठमाडौं ।
इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्लाले अनलाइन बिक्रीमा राखेको टकिला एकैछिनमा आउट अफ स्टक भएको छ ।
टेस्ला इंकले बिहिबार आफ्नो वेबसाइटबाट टकिला बिक्रीको लागि उपलब्ध गराएको थियो । जसको मूल्य प्रति बोतल २५० अमेरिकी डलर तोकिएको थियो ।
सो टकिला उत्कृष्ट भएको कम्पनीका सिईओ एलन मस्कले बताएका थिए ।
टेस्लाले सार्वजनिक गरेको सो टकिला निकै फरक डिजाइनको बोतलमा उपब्ध गराईएको थियो । यसलाई निकै स्लीक र लाइटनिङ्ग सेपमा रहेको बोतलमा ल्याईएको थियो तर यसअघि एलन मस्कले भने यो भन्दा फरक बोतल २ वर्षअघि टेस्ला टकिला सार्वजनिक गरेका थिए ।
टेस्लाले सो टकिला मेक्सिकोको चर्चित टकिला उत्पादकबाट तयार पारिएको जानकारी दिएको छ ।
अर्बपति मस्कको कम्पनी र उनले यसअघि पनि विशेष उत्पादनहरु निकै महंगो मूल्यमा बिक्री गरेर रकम उठाउने गरेका छन् । यसअघि उनले आगोको ज्वाला निकाल्ने मेसिन फ्लेमथ्रोअरलाई ५०० डलर प्रति यूनिटमा बेचेका थिए भने बोरिंग कम्पनीको लागि रकम उठाउन ५० हजार टोपी बिक्री गरेका थिए । एजेन्सी
प्रकाशित: २२ कार्तिक २०७७, शनिबार