
काठमाडौं ।
संयुक्त राष्ट्र ब्रोडब्याण्ड आयोग र ह्वावेले बेइजिङमा छैठौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम (UBBF-2020) को अनलाइन आयोजना गरेको छ।
‘इन्टेलिजेन्ट कनेक्टिभिटी, न्यू भ्यालु टुगेदर’ को विषयवस्तुमा रहेर यस वर्षको यूबीबीएफले यस इन्टेलिजेन्ट युगमा कनेक्टिभिटी उद्योगले सामना गरिरहेको चुनौती र अवसरको बारेमा छलफल गरेको छ ।
उक्त कार्यक्रममा ह्वावेका कार्यकारी निर्देशक तथा लगानी समीक्षा बोर्डका अध्यक्ष डेभिड वांगले Building intelligent connectivity for an intelligent world अर्थात् ‘इन्टेलिजेन्ट संसारको लागि इन्टेलिजेन्ट कनेक्टिभिटीको निर्माण’ शीर्षकमा धारणाहरु राखेका थिए ।
वांगले घर र उद्यम परिदृश्यको लागि पनि ह्वावेको अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस् शुरू गरिएको बताउँदै यी परिदृश्यहरूको माध्यमबाट होम ब्रोडब्यान्डले अनुभव अर्थव्यवस्था (Experience Economy) युगमा प्रवेश गर्नेछ र उद्योगहरूको डिजिटल रूपान्तरणको प्रक्रियालाई तीब्रता दिने उल्लेख गरे ।
ह्वावेका कार्यकारी निर्देशक डेभिड वांगले अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसन्सको शुरूवात गरेका छन्।
कनेक्टिभिटि उद्योगले देखेको पाँच रोमाञ्चक परिवर्तनहरु
कनेक्टिभिटिको प्रत्येक अपग्रेडले समाजलाई मौलिक रूपमा परिवर्तन गरेको छ ।
अहिले, जब हामी इन्टेलिजेन्ट युगतिर बढ्दैछौं, व्यक्ति, घर र उद्यमहरूले पहिले भन्दा कनेक्टिभिटीमा उच्च आवश्यकताहरू राखिरहेका छन् र नयाँ प्रविधिहरू जस्तै क्लाउड र एआई, द्रुत रूपमा कनेक्टिभिटीको साथ एकीकृत हुँदैछन् । यसले कनेक्टिभिटी ईन्डस्ट्रीलाई पाँच रोमाञ्चकारी परिवर्तनको अनुभव गराउने कम्पनीले उल्लेख गरेको छः
परिवर्तन १ः आईओटी र इन्टेलिजेन्ट आईओटीदेखि कनेक्टेड इन्टेलिजेन्ट ट्विन्स् सम्म
विगतमा हाम्रो उद्देश्य सबै मानिस र घरलाई कनेक्ट गर्ने थियो । यो इन्टरनेट अफ एभरीथिङ्ग थियो । जब हामी एआई जीवन र उद्यमहरुको इन्टेलिजेन्ट अपग्रेड तर्फ लाग्दा, हामीले धेरै कुराहरुलाई इन्टेलिजेन्ससँग जोड्न पर्छ । यो इन्टेलिजेन्ट इन्टरनेट अफ एभरीथिङ्ग हो । तेस्रो–पक्षको पूर्वानुमानका अनुसार २०३५ सम्ममा विश्वमा एक खरबको संख्यामा कनेक्सन हुनेछ, जसले सर्वव्यापी कनेक्टिभिटी र व्यापक इन्टेलिजेन्टलाई वास्तविकता बनाउनेछ ।
परिवर्तन २ः कार्यालय देखि कार्यालय प्लस उत्पादन सम्म
कोभिड–१९ ले मानिसहरुको घरमा ब्रोडब्यान्डको आवश्यकतालाई परिवर्तन गरेको छ । उद्योगको परिप्रेक्षमा, कनेक्टिभिटी कार्यालयको सेवा दिन मात्र नभई, दुबै कार्यालय र उत्पादन सेवा दिनमा अग्रसर भएको छ । उद्यम डिजिटलीकरणको ध्यान डिजिटल कार्यालयबाट डिजिटल उत्पादन, कारोबार र कार्यवयनमा सरेको छ ।
परिवर्तन ३ः उत्तम प्रयासदेखि डिटर्मिनिस्टिक सेवाहरूमा भिन्नता सम्म
उद्योग सेवा परिदृश्य र कनेक्टिभिटी आवश्यकताको आधारमा भिन्न हुन्छन् । यदि विभेदित सेवाहरू पूर्वनिर्धारित छन् भने डिटर्मिनिस्टिक अनुभवको आवश्यकता पक्कै छ । तसर्थ, अपरेटरहरूले केवल विभेदित र डिटर्मिनिस्टिक सेवाहरू प्रदान गरेर मात्र भर्टिकल बजारका लागि ढोका खोल्न सक्छन् ।
परिवर्तन ४ः एमबीपिएसदेखि कुनै माध्यमद्वारा जीबीपिएससम्म
मल्टिपल एक्सेस प्रविधिहरू अवस्थित छन्, जस्तै सेलुलर, वाईफाई र अप्टिकल फाइबर प्रविधि र सेवा परिदृश्यहरूको विविधताले भन्छ मल्टिपल एक्सेस टेक्नोलोजी आउने धेरै वर्षसम्मका लागि सहअस्तित्वमा हुनेछ । संगठित प्रयासको माध्यमबाट उद्योगभरमा फोरजी, फाईभजी, वाईफाई र फाइबर प्रविधिहरुले अब सर्वव्यापी रुपमा गीगाबिट कनेक्टिभिटी प्रदान गर्न सक्छ ।
परिवर्तन ५ः म्यानुअल ओ एण्ड एम देखि हाइपर–अटोमेसन सम्म
फाईभजीले नेटवर्क ओ एण्ड एम लाई फोरजीले भन्दा बढी जटिल बनाउनेछ । म्यानुअल ओ एण्ड एम यी नयाँ जटिलताहरूलाई नियन्त्रण गर्न अपर्याप्त हुन्छ र सरल ओ एण्ड एम निर्णय लिन बिग डाटा र एआईद्वारा संचालित हाइपर–अटोमेसनलाई मार्ग प्रदान गर्नेछ ।
एआईको साथ इन्टेलिजेन्ट कनेक्टिभिटिको दिशातिर जाँदै
यी पाँच परिवर्तनहरु कनेक्टिभिटिमा नयाँ आवश्यकता राख्दैछन् । यी आवश्यकताहरू पूरा गर्न र अधिक उत्पादकत्व हासिल गर्न, कनेक्टिभिटि अर्को स्तरमा अपग्रेड हुनुपर्दछ ।
पहिलो आवश्यकता सर्वव्यापी गीगाबिट हो किनकि कनेक्टिभिटीको आधार नै ब्यान्डविथ हो । सर्वव्यापी गीगाबिट कनेक्टिभिटीको आवश्यकता अल्ट्रा– एचडी भिडियो, औद्योगिक भीआर/एआर एप, एआई क्यामरा र ड्रोनहरूका लागि रहेको छ ।
दोस्रो आवश्यकता डिटर्मिनिस्टिक अनुभव हो जुन अति महत्वपूर्ण हुन्छ घरायसी परिदृश्यमा जस्तै टेलिकम्युटिङ र अनलाइन शिक्षा, साथसाथै उद्यम परिदृश्यमा जस्तै सुरक्षित र भरपर्दो उत्पादन को लागि पनि उत्तिकै महत्वोपुर्ण हुन्छ ।
तेस्रो आवश्यकता हाइपर–अटोमेसन हो । जटिलता र मापनको मामलामा नेटवर्क परिष्कृत हुँदै गैरहेकोले, बिग डाटा र एआई को प्रयोग हाइपर–अटोमेसन प्राप्त गर्नको लागि हुनैपर्छ ।
यस इन्टेलिजेन्ट युगमा इन्टेलिजेन्ट कनेक्टिभिटीलाई तीन प्रमुख विशेषताहरुमा लिन सकिन्छः सर्वव्यापी गिगाबिट, डिटर्मिनिस्टिक अनुभव र हाइपर–अटोमेसन ।
ह्वावेको अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्
कार्यक्रमको दौरान वांगले ह्वावेको अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्को शुरुवात गरे जसमा घरहरूको लागि इन्टेलिजेन्ट डिस्ट्रिब्युटेड एक्सेस सोलुसन, साथसाथै उद्यमका लागि इन्टेलिजेन्ट क्याम्पस नेटवर्क, इन्टेलिजेन्ट प्रिमियम प्राइभेट लाइन्स र इन्टेलिजेन्ट क्लाउड नेटवर्क सोलुसन रहेको छ ।
‘विगत ३० बर्षमा ह्वावेले ग्राहकवर्ग र साझेदारहरुसंग मिलेर समग्र घरको लागि निर्बाध एआई जीवनको निर्माण गर्न र सबै उद्योगहरुको इन्टेलिजेन्ट अपग्रेडलाई बढवा दिन को लागि कार्य गरिरहेको छ । हाम्रो अन्तिम लक्ष्य भनेकै डिजिटल अर्थव्यवस्था को बृद्धि र मानिसको जीवन सुधार गर्ने हो,’ वांगले भने ।
‘फाईभजी, अप्टिकल नेटवर्क र आईपीभी६ इन्हान्सड इनोभेसनमा निरन्तर लगानी गरेर आज हामीले अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनस्को शुरुवात गरेका हौं । यी सोलुसनहरुले अल्ट्रा–ब्रोडब्यान्ड नेटवर्कलाई हराभरा र अधिक कुशल बनाउनेछ भने साथै अधिक इन्टेलिजेन्ट संसार सिर्जना गर्नेछ । यसैगरी, हामी अनुसन्धानमा हाम्रो प्रयासहरू दोब्बर गर्नेछौं, अर्को पुस्ताको नेटवर्क प्रविधिमा अधिक लगानी गर्नेछौं र सबै सरोकारवालाहरूसँग काम गरेर अझै कम–कार्बन, दक्ष र इन्टेलिजेन्ट संसारलाई आकार दिनेछौं ।’
UBBF आईसिटी उद्योगमा एक ग्लोबल फ्ल्यागशिप कार्यक्रम हो । यो वर्षको कार्यक्रममा चाइना मोबाइल, एफटिटिएच काउन्सिल युरोप, टेकयुके, अर्नेस्ट र यङ्ग एडभाइसोरी लिमिटेड, आईपीभी६ फोरम, सामिना (SAMENA) दूरसंचार परिषद र ओमडियाबाट उपस्थित प्रतिनिधिहरुले समेत आफ्नो विचार व्यक्त गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार