एप्पल आईफोन १२ सार्वजनिक हुने आजको “हाई स्पीड” लाइभ इभेन्ट यसरी हेर्नुस्

  • Technology Khabar | २७ आश्विन २०७७, मंगलवार
एप्पल आईफोन १२ सार्वजनिक हुने आजको “हाई स्पीड” लाइभ इभेन्ट यसरी हेर्नुस्

काठमाडौं ।

एप्पलले आज आफ्नो लाइभ इभेन्ट होस्ट गर्दैछ, जहाँ कम्पनीले आईफोन १२ लाईनअप सुरू गर्न सक्दछ। यो इभेन्ट भर्चुअल हुनेछ।

एप्पलले आजको कार्यक्रममा नयाँ आईफोन १२ सिरिज लन्च गर्ने निकै अपेक्षा गरिएको छ र यस पटक कम्पनीले चार नयाँ आईफोन मोडेलहरू ल्याउने आशा छ । र यी आईफोनहरु ५जी सपोर्टक साथ हुनेछन।

कम्पनीले औपचारिक रूपमा इभेन्टलाई “हाई स्पीड” भनेको छ ।

तपाईंले कम्पनीद्वारा केहि अन्य घोषणाहरू पनि सुन्न सक्नुहुन्छ जुन नयाँ होमपड स्पिकर वा ओभर-द ईयर हेडफोनसँग सम्बन्धित हुन सक्छ।

बहुप्रतीक्षित एप्पल इभेन्ट बिहान १० बजे पीडीटी अर्थात अमेरिकी समयमाहुनेछ जसअनुसार नेपालमा बेलुकी १०४५ बजे शुरु हुनेछ ।

अघिल्लो आईफोन लन्च जस्तो नभई, कार्यक्रम एप्पल पार्कबाट भर्चुअल तरीकाले आयोजना गरिनेछ। यो एक समर्पित एप्पल इभेन्ट कम्पनीको वेबसाइटको साथै यूट्यूब मार्फत प्रत्यक्ष देखाइनेछ।

तपाईँले पनि एप्पलको इभेन्ट कम्पनीको आधिकारीक वेबसाइटमार्फत पनि हेर्न सक्नुहुनेछ ।

https://www.apple.com/apple-events/

प्रकाशित: २७ आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...