वाणिज्य विभागले सञ्चारकर्मीहरुलाई भन्यो- भर्चुअल माध्यमबाटै सूचना संकलन गर्नुस्

  • Technology Khabar | २५ आश्विन २०७७, आईतवार
वाणिज्य विभागले सञ्चारकर्मीहरुलाई भन्यो- भर्चुअल माध्यमबाटै सूचना संकलन गर्नुस्

काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भर्चुअल माध्यमबाटै विभागको सूचना एवम् समाचार संकलन गरिदिन सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

आइतबार सूचना जारी गर्दै विभागले भर्चुअल माध्यमबाट सम्पर्क गर्न भनेको हो।

कोभिड–१९ को संक्रमण र जोखिम दिनानुदिन बढ्दै गएको अवस्थामा स्वयम विभागका कर्मचारीहरुमा समेत संक्रमणको दर बढेको विभागले बताएको छ ।

‘विभागका कर्मचारीमा कोरोना संक्रमणको दर बढ्दै गएको सन्दर्भमा यस विभागसँग सम्बन्धित सूचना र प्रतिवेदनहरु साविक बमोजिम नै दैनिक, साप्ताहिक र मासिक रुपमा विभागको वेभसाईट तथा ट्वीटर हेण्डलमार्फत सार्वजनिक गरिने हुँदा सोही बमोजिम प्राप्त गर्नु हुन र अति जरुरी विषय भएमा सम्बन्धित अधिकारीलाई भर्चुअल माध्यमबाट सम्पर्क गरी समाचार एवम् सूचना संकलन गरिदिनु भई जोखिम न्यूनिकरणमा सहयोग गरिदिनुहुन सम्पूर्ण मिडियाकर्मी तथा सेवाग्राहीमा अनुरोध छ’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।

यसैबिच विभागले प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी, नयाँ दर्ता, ठाउँसारी, पूँजी वृद्धि, खारेजी, उद्देश्य परिवर्तनसम्बन्धी कार्यहरु हालको लागि स्थगन गरेको छ।

विभागले मङ्सिर ७ गतेसम्म म्याद समाप्त हुने फर्मको नवीकरणबाहेकका कामका लागि अनलाइनबाट आवेदन गर्ने व्यवस्थासमेत स्थगन गरेको जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार